मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यति चेम्बर अफ नेप्लिस अमेरिकन चेम्बरमा परिणत

यति चेम्बर अफ नेप्लिस अमेरिकन चेम्बरमा परिणत


ड्यालस (अमेरिका) – टेक्ससका रहेका नेपाली व्यबसायीहरुको संस्था यति चेम्बर अफ कमर्सको साधारण सभाले संस्थाको नाम परिवर्तन गरेर नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स राखेको छ ।
 
आइतबार स्थानीय अर्बिङ सिटीमा भएको संस्थाको तेस्रो साधारण सभाले संस्थाको साविकको नाम परिवर्तन गर्दै नेपाली पहिचान दिने उद्वेश्यले नेप्लिज अमेरिकन चेम्बर अफ कमर्समा परिवर्तन गरेको हो । साधारण सभाले संस्थाको नेतृत्व समेत परिवर्तन गरेको छ ।
 
संस्थाको नव निर्वाचित अध्यक्षमा मनोज सिग्देल रहेका छन् । त्यस्तै उपाध्यक्षमा सरोज पौड्याल, महासचिवमा बाल जोशी, कोषाध्यक्षमा स्मृति कार्की चयन भएका छन् । 
 
कार्य समितिका सदस्यहरुमा बिनिता लामिछाने, कपिल अधिकारी, केदार तिमिल्सिना, प्रदीप गिरी, बिनोद तिवारी, प्रेम शाही निर्विरोध चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा रबि प्रधान, सुमिरन सापकोटा, जेम श्रेष्ठ र सरोज सिग्देल समेत चयन भएको घोषणा निर्वाचन समितिका प्रमुख विनय अर्यालले घोषणा गरेका थिए ।
 
संस्थाका अध्यक्ष बासु भण्डारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रमुखहरुले शूभकामना व्यक्त गरेका थिए । स्थानीय नेपाली व्यबसायीहरुको हितका यो संस्था स्थापना भएको जानकारी दिइएको थियो ।