मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यी मन्त्रीहरु भए चुनावमा सोत्तर

यी मन्त्रीहरु भए चुनावमा सोत्तर


हिमालयखबर संवाददाता– 
काठमाडौं । नयाँ संविधानअनुसार भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठवन्धन स्पष्ट बहुमत ल्याउने दिशामा अघि बढेको छ । यो समाचार तयार पार्दासम्म एमाले र माओवादीको गठवन्धनले प्रतिनिधिसभामा एकसय चार सिटमा विजय हासिल गरिसकेका छन् । 
 
एकसय ६५ सिटका लागि भएको निर्वाचनमा एमाले एक्लैले अहिलेसम्म ७५ सिटमा विजय हासिल गरेको छ । त्यस्तै वाम गठवन्धनका माओवादीले ३२ सिट जितिसकेको छ । 
 
सत्तारुढ दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १८ सिटमा मात्र विजय हासिल गरेको छ । 
 
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एकसय ६५ र समानुपातिक तर्फबाट एकसय १० गरि दुईसय ७५ सिट हुने प्रावधान संबिधानले गरेको छ । 
 
यो पटकको निर्वाचनमा धेरै पुराना नेताहरु पराजित भएका छन् । मुख्यगरि नेपाली कांग्रेसका हेभीवेट भनिएका नेताहरु नराम्रोसँग पराजयको पीडा भोग्न वाध्य भएका छन् । कांग्रेसको तर्फबाट प्रधानमन्त्रीका भावी उम्मेदवारका रुपमा समेत हेरिएका रामचन्द्र पौडेल तनहुँबाट पराजित भए । उनलाई एमालेको कृष्णकुमार ९किसान० श्रेष्ठले पराजित गरे । 
 
त्यसै बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइरालाले पराजय भोगेका छन् । उता एमालेका तर्फबाट उपाध्यक्ष बामदेव गौतम बर्दियाबाट पराजित भएका छन् । माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखामा पराजित भएका छन् । 
 
मन्त्री पदमा रहेर चुनाव लडेका धेरै जना पराजित हुन पुगेका छन् । सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री बिक्रमबहादुर थापा, शहरी विकास तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत, अर्थ राज्यमन्त्री उदय शमसेर राणा, उद्योगमन्त्री सुनिल थापा, उपप्रधानमन्त्री कमल थापा, स्वास्थमन्त्री दीपक बोहरा लगायतले नराम्रोसँग पराजय भोगेका छन् ।
 
धेरै भुतपूर्ब उपप्रधानमन्त्रीहरुलाई यस पटकको चुनाव फापेन । उनीहरु चुनावमा पराजित भएका छन् । 
 
एमाले र माओवादी जस्ता वामपन्थी पार्टीहरुको चुनावी तालमेलले यस पटक नेपाली कांग्रेस लगायतका दलहरुलाई प्रदेश नम्बर २ बाहेकका स्थानहरुमा हम्मेहम्मे बनाएको छ । २ नम्बर प्रदेशमा भने मधेशवादी दलहरु बलियो रुपमा प्रस्तुत भएका छन् । 
 
चुनावको अन्तिम परिणाम मंगलबारसम्म आइसक्नेछ । त्यसपछि समानुपातिकको तर्फबाट दलहरुले प्राप्त गर्ने मत परिणाम घोषणा हुनेछ । त्यस लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
 
अहिलेसम्मको परिस्थितिका आधारमा भावी प्रधानमन्त्रीमा एमालेका केपी शर्मा ओली लगभग निश्चित रहेका छन् ।