मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फोरमका वरिष्ठ नेता अशोक राईको लज्जास्पद हार

फोरमका वरिष्ठ नेता अशोक राईको लज्जास्पद हार


धरान- संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोगेका छन् । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका हुन् ।
 
एमालेका जयकुमार राई ४४ हजार ५२८ मतसहित बिजयी भएका छन् भने अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका छन् । कांग्रेससँग गठबन्धन गरेर जित्न सकिने निर्वाचन क्षेत्र रोजेर धरान पुगेका अशोक राई कुनै बेलाका आफ्नै राजनीतिक शिष्य जयकुमारसँग ‘हाफ’ मत पाएर पराजित भएका हुन् ।
 
एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए । उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले कुनै पनि क्षेत्रमा चुनाव जित्ने सम्भावना सकिएको छ ।
 
मधेश विशेष गरी २ नम्बर प्रदेशमा राम्रो नतिजा ल्याइरहेको फोरमले अशोक राईको प्रभाव पहाडी जनजाति समुदायमा भने देखाउन सकेन । कांग्रेसकै समर्थनमा भोजपुर ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरमका उपमहासचिव अजम्बर काङवाङ पनि एमालेका राजेन्द्र राईसँग पराजित भइसकेका छन् ।