मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन–२ मा एमालेका पोखरेल विजयी

चितवन–२ मा एमालेका पोखरेल विजयी


चितवन । चितवन–२ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन् । उनले ४४ हजार ६७० मत ल्याई विजयी भएका हुन् । 
 
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका छन् । वाम गठबन्धनका उम्मेदवार पोखरेलले १७ हजार ३५६ मतअन्तरले बहालवाला शिक्षा राज्यमन्त्री अधिकारीलाई पराजित गरेका हुन् । 
 
तत्कालीन क्षेत्र नं ३ र हालको २ बाट पोखरेल विजयी भएका थिए । भने तत्कालीन क्षेत्र नं २ र हाल १ बाट अधिकारी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । 
 
चुनावमा यी दुवै हस्तीमध्ये कसले बाजी मार्छ भन्ने अनुमान गर्न गाह्रो परेको थियो । यद्यपि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका कारण पोखरेलले जित्ने संभावना तीव्र थियो ।