मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन क्षेत्र नंं १ मा एमालेका सुरेन्द्र पाण्डे विजयी

चितवन क्षेत्र नंं १ मा एमालेका सुरेन्द्र पाण्डे विजयी


चितवन । चितवन क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी भएका छन् । 
 
उनी १४ हजार ४ सय ४३ मतान्तरले विजयी भएका हुन् । उनले ५० हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।
 
केही बेरअघि मत परिणाम सार्वजनिक भएको थियो । वाम गठबन्धनले अहिले विजय र्याली निकालेको छ ।