विचार / ब्लग

नेपाली जनता जनार्दन : वामपन्थीलार्इ सरकार, दक्षिणपन्थीलार्इ सदन

533 पटक पढिएको

डा. प्रदीप भट्टरार्इ

9th Dec 2017, Saturday | २०७४ मंसिर २३, शनिबार २१:५४
नेपालमा संघीय संरचनाअनुसारको पहिलो चुनाव सम्पन्न भएर मतपरिणाम आउने क्रम जारी छ। मुलुक संघियतामा गएपछिको पहिलो चुनावमा संघीयता पक्षधरहरूले जित्नुपर्थ्यो, जिते । चुनावमा वामपन्थी गठबन्धनले बाजी मार्यो, दक्षिणपन्थी गठबन्धन नराम्ररी चिप्लियो । यतिबेला, चुनावको परिणामलार्इ लिएर अनेकखाले टीका टिप्पणी र विश्लेषणहरू सार्वजनिक भैरहेका छन्। जित्नहेरूले जीतको कोणबाट र हार्नेहरूले हारको कोणबाट आआफ्ना धारणाहरू सार्वजनिक गरेका छन्। वादे वादे जायते तत्व वोधः भन्ने पूर्वीय मान्यतामा विश्वास गर्ने समाजमा यसो हुनु स्वभाविक हो । म लोककल्याणकारी अर्थव्यवस्थासहितको लोकतन्त्रप्रति आग्रह र राजावादी पूर्वपञ्चहरूप्रति पूर्वाग्रह राख्छु। यी दुर्इ आग्रह पूर्वाग्रहबाहेक अन्यमा मेरो कुनै दलगत आग्रह पूर्वाग्रह छैन।
 
म संघीय नेपालको पहिलो चुनाव भएकाले संघीयता पक्षधर दलहरूले जितुन् र यी दल र नेताहरूले तमाम गल्ती गरे पनि यो व्यवस्था ल्याउन उनीहरूको योगदान रहेकाले जनताले उनीहरूलार्इ शंकाको सुविधाका रूपमा अन्तिमपटक सुध्रिने अवसर दिउन् भ न्ने चाहन्थे । तर, नेपाली जनता अपवादलार्इ छोडेर कांग्रेसी नेताहरूलार्इ शंकाको सुविधा दिने मुडमा देखिएनन् भने बामपन्थी नेताहरूलार्इ भने अपवादलार्इ छोडेर प्राय सबैलार्इ अन्तिमपटक सुध्रिने मौका अर्थात् शंकाको सुविधा दिए। आखिर जनता जनार्दन हुन्, म उनीहरूको मतको सम्मान गर्छु । राजनीतिक अंकगणितको हिसाब गर्दा नेपालमा यो समयमा एमाले र कांग्रेस हाराहारीमा थिए भने हारजीतको साँचो माओवादी केन्द्रसँग थियो । त्यो एमालेले लियो, यसपटक त्यही साँचो काम लाग्यो र बामपन्थीले ताला खोले। कांग्रेससँग बिकल्पमा पूर्वपञ्चहरूको साँचो बाँकि थियो, त्यसले पनि काम चलाउँन सकिन्छ कि भनेर कांग्रेसले प्रयास त गर्यो तर खिया लागेको साँचो के काम लाग्थ्यो,लागेन। त्यही साँचो पनि मेची अञ्चलका लागि राजेन्द्र लिङ्देनसँग बामपन्थीहरूले नै लिइदिए। यसरी बामपन्थीहरूले अंकगणित आफ्नो पक्षमा पारेका हुन् । यो सँगै उठ्ने अर्को प्रश्न कांग्रेसले किन जितेन भन्ने हो । यसको सही उत्तर यो पार्टीसँग यो सन्दर्भमा नीति र नेता नभएर नै हो । वीपीको सपना र रूखले जति दिन थाम्न सक्यो कांग्रेसलार्इ थाम्यो । अब त नेपालमा वीपी र रूख नचिन्ने ठूलो पुस्ता आइसकेको छ। हजुरबुबाले सुनाउने वीपीको सपना र रूखको कुरा दन्त्यकथा लाग्ने नाति पुस्ता आइसकेको छ । यो पुस्ताले त कांग्रेस भन्नाले कि शेरबहाुर चिन्छ कि गगन थापा । गगन थापा चिन्नेहरूले कांग्रेसलार्इ जिताए नै, शेरबहाुर चिन्नेहरूले पनि जिताए ।
 
अहिले नेपाल गगन थापाले जित्ने कांग्रेस भएको पनि हो र शेरबहादुरले जित्ने कांग्रेस भएको पनि हो ।धेरैलार्इ लाग्न सक्छ, नेपाल एउटै छ । यो गलत हो, अहिले नेपालभित्र अनेक नेपालहरू तहतहमा छन् । दुर्भाग्य एमाले अध्यक्ष केपी ओलीले राजनीतिक करेन्ट छाम्न नसक्दा राप्रपा राष्ट्रिय पार्टी हुने भयो र एमाले र माओवादीको मतले झापा ३ मा बैतरणी तरेका राजेन्द्र लिङ्देनले संघीय नेपालको पहिलो संसदमा झण्डा गाड्ने भए। ओलीले आफ्नो जीतलार्इ सुनिश्चित गर्ने नाममा माओवादीलार्इ समेत घचेटेर यो पाप गरेका हुन् । मेरो विचारमा संघीय नेपालका लागि यो ठूलो पाप हो । यसअघि २०६२/ ६३ सालको आन्दोलनमा पनि वयलगाडा प्रकरण उब्जाएर के पी ओलीले यस्तै पाप गरेका थिए। यसपटक बामपन्थीले पाएको मत पनि राम्रो काम गरेर हैन, जनताले एकपटक दक्षिणपन्थी हुँदै गएको कांग्रेसको विकल्पमा शंकाको सुविधा दिएका मात्र हो । त्यो पनि स्थीर सरकार र समृद्धिको शर्तमा। यो बामपन्थीका लागि अवसर र चुनौति दुबै हो । पार्टी एकता गरेर स्थीर सरकार, सुशासन र समृद्धि दिए भने कांग्रेसलार्इ सिंहदरवार फर्कन निकै लामो समय लाग्न सक्छ। त्यसका लागि कांग्रेस नीति र नेतासहित प्रजातान्त्रिक समाजवादको धारमा नआइ सुखै छैन।
 
कतिपय कांग्रेस शुभचिन्तकहरू कांग्रेसलार्इ पछाडी फर्काएर वीपीको पुरानै लिकमा ल्याउने कुरा गरिरहेका छन् । उनीहरू संसदीय राजतन्त्रसहितको हिन्दू अधिराज्यको पेस्कृप्सन अगाडि सारिरहेका छन् । तर, वास्तवमा यो दक्षिणपन्थी पेस्कृप्सन चुनावी हारको बेला मूतको न्यानो त होला तर यो टाउको दुखेको दबाइ नाइटोमा लाइ भनेजस्तै मात्र हो । नेपाल २१ औं शताव्दिको रोशनी धेरै अघि बढिसकेको छ, जनताको राजनीतिक चेतनास्तर विश्वका समृद्ध मुलुकका जनताको भन्दा पनि अघि छ। यस्तो अवस्थामा त्यो डेटएक्स्पाएर औषधीले कांग्रेसलार्इ सत्तामा ल्याउन सक्दैन। त्यसका लागि उसले आजकै समयर जनताको चाहनालार्इ सम्बोधन गर्न औषधी खाने र उपचारविधि अपनाउनुपर्ने हुन्छ।
 
म मुलुकले थाम्नै नसक्ने संख्यामा रहेका राजनीतिक पार्टीहरूको संख्यामा कमी आउनुपर्छ भन्ने पक्षधर हुँ । मुलुकको समृद्धिका लागि भारत र चीनसँगको सम्वन्ध सुमधुर हुनुपर्छ । र, भारतसँग सुमधुर सम्वन्ध बनाउने हो भने मुलुकमा राष्ट्रपतिय प्रणाली लागू हुनुपर्छ भन्ने कुरामा मेरो अटल विश्वास छ। त्यसले भारतले नेपालमा खेल्ने धेरै ठाउँ पाउँदैन र नेपालसँग सुमधुर सम्वन्ध कायम गर्नुको विकल्प हुदैन भन्ने मेरो आँकलन हो। यसो गर्दा सत्ताका लागि पार्टी र सांसदको किनवेच बन्द हुन्छ र राजनीति यति धेरै फोहोरी नभएर क्रमशः सङ्लिदै जान्छ भन्ने मेरो विश्वास हो । राष्ट्रिय पार्टी बन्न प्रतिनिधिसभामा एकजना प्रत्यक्ष निर्वाचित हुनैपर्ने र ३ प्रतिशत मत ल्याउनै पर्ने प्रावधानले मेरो त्यो चाहनालार्इ धेरै हदसम्म सम्वोधन गरेको छ।
 
यो चुनावमा जे भए पनि गठबन्धन संस्कारको विकास भयो, यो पनि त्यही दिशामा केन्द्रीत छ। यसले गर्दा गठबन्धन र पार्टी बलिया हुन्छन् । पार्टी बलिया भए भने जनता र देशसँग विकल्प हुन्छ र आवधिक चुनावमार्फत् जनताले राजनीतिक पद्धतिलार्इ नै सही मार्गमा ल्याउन सक्छन् । मुलुकमा लामो समयदेखि रहदै आएको राजनीतिक अस्थिरताको सम्वोधन गर्न जनताले यसपटक बामपन्थी गठबन्धनलार्इ स्पष्ट बहुमत र दक्षिणपन्थी गठबन्धनलार्इ दह्रो प्रतिपक्षका रूपमा छानेको जस्तो देखिएको छ। उनीहरूले कांग्रेसमा नीति र नेताको अभाव देख्दै पाँच वर्षका लागि त्यस दिशामा काम गर्न समय दिएको भन्नुपर्छ यसलार्इ ।
 
यदि कांग्रेसले यसलार्इ त्यो शिक्षाका रूपमा ग्रहण गर्न सक्यो भने उसका लागि त राम्रो हुन्छ नै, मुलुकका लागि पनि एउटा भरपर्दो विकल्पका रूपमा उसको उपस्थिति रहिरहने छ। बामपन्थीले पाएको यो म्यान्डेट पनि एकता, सुशासन, स्थिर सरकार र मुलुकको समृद्धिका लागि हो। यदि उनीहरूले यी सबै कुरा सम्वोधन गरे भने जनताले उनीहरूलार्इ उनीहरूको पृष्ठभूमिका आधारमा मात्र सधैं सत्तोसराप गरिरहदैनन् । उता, कांग्रेसले पनि धेरै मेहेनत गर्नुपर्ने हुन्छ। यसो भन्नु परेकोमा मलार्इ माफ गर्नुहोला, म चाहन्थे, संघीय नेपालको पहिलो संसदमा पञ्चहरूको नयाँ रूप राप्रपा भन्ने नै नहोस् । तर, दुर्भाग्य एमाले अध्यक्ष केपी ओलीले राजनीतिक करेन्ट छाम्न नसक्दा राप्रपा राष्ट्रिय पार्टी हुने भयो र एमाले र माओवादीको मतले झापा ३ मा बैतरणी तरेका राजेन्द्र लिङ्देनले संघीय नेपालको पहिलो संसदमा झण्डा गाड्ने भए। ओलीले आफ्नो जीतलार्इ सुनिश्चित गर्ने नाममा माओवादीलार्इ समेत घचेटेर यो पाप गरेका हुन् । मेरो विचारमा संघीय नेपालका लागि यो ठूलो पाप हो ।
 
यसअघि २०६२/६३ सालको आन्दोलनमा पनि वयलगाडा प्रकरण उब्जाएर के पी ओलीले यस्तै पाप गरेका थिए। यसको अर्थ यो हैन कि राप्रपालार्इ जोगाउन ओली प्रचण्डले मात्र योगदान गरे, योभन्दा ठूलो योगदान कांग्रेसले गर्न खोजेको थियो तर उ सफल भएन। जे होस् जनता जनार्दन हुन् । उनीहरूले दिएको म्यान्डेटलार्इ शिरोधार्य गरेर आआफ्नो भूमिका निर्वाह गर्नु नै अहिलेका लागि उपयुक्त काम हो। जो जहाँ बसेर भए पनि समृद्ध नेपाल बनाउने संकल्पको एक हिस्सा भएर योगदान गरौं । यही नै समयको माग हो ।
( यो लेखकको निजी विचार हो । यसमा सम्पादकीय सहमति र असहमतिको प्रश्न गौढ छ।)