मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसका उम्मेदवार श्रेष्ठले दिए दाहाललाई बधाई

कांग्रेसका उम्मेदवार श्रेष्ठले दिए दाहाललाई बधाई


चितवन । चितवन क्षेत्र नं २ को प्रदेशसभा (क)बाट विजयी भएका वाम गठबन्धनका उम्मेदवार घनश्याम दाहाल ‘अविनाश’लाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले बधाई दिएका छन् ।  
 
नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत  रहेका श्रेष्ठ ४ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिल्ला सहसेक्रेटरी घनश्याम दाहाल ‘अविनाश’ले २० हजार ३८१ मतका साथ विजयी भएका छन् । एमालेको सहकार्यमा अविनाशले नतिजा हासिल गरेका हुन् ।   
 
लोकतान्त्रिक गठबन्धनका जितनारायणले १५ हजार ६६३ प्राप्त गरेका छन् । सुरुवातदेखि नै अग्रता लिइरहेका अविनाशले ४ हजार ७१८ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।  
 
लोकतन्त्रको सुन्दर पक्ष नै जित–हार भएकाले प्रदेश उम्मेदवारको दौरानमा चुनावी मैदानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैमा उनले आभार प्रकट गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘समृद्ध चितवनको अभियानमा अविचलित नभई निरन्तर लागिरहने छु ।’ 
 
यो पराजयले मेरो सामाजिक र राजनीतिक यात्रामा अझै क्रियाशीलता ल्याउने विश्वास व्यक्त गर्दै नेता श्रेष्ठले निर्वाचनमा पराजित हुनुमा आफ्नै कमीकमजोरीको कारण रहेकोले कोही कसैसँग कुनै गुनासो नरहेको बताए । उनले विजयी हुने अनन्य मित्र घनश्याम दाहाललाई बधाईसमेत दिएका छन् ।