मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन १ (ख) मा एमालेका खनाल विजयी

चितवन १ (ख) मा एमालेका खनाल विजयी


चितवन । चितवन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) को मत परिणाम सार्वजनिक भएको छ ।
 
प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका कृष्ण खनाल विजयी भएका छन् । खनालले २७ हजार २३२ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उत्तम आचार्यले १८ हजार ५११ मत ल्याएका छन् ।  
 
आचार्य ८ हजार ७२१ मतअन्तरले पराजित भएका हुन् । 
 
२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं २ बाट कांग्रेस नेता एवम् राज्यमन्त्री शेषनाथ अधिकारीसँग पराजित खनालको प्रतिद्वन्द्वी उम्मेदवार आचार्यसँग तीव्र प्रतिस्पर्धा रहेको थियो ।
 
संविधानसभामा हार व्यहोरेका र पार्टीमा त्याग गरेका कारण खनाललाई अघि सारिएको थियो । तथापि आचार्य धेरै मतदाताको रोजाइमा परेका थिए ।