मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वअर्थमन्त्री पौडेलको ह्याट्रिक

पूर्वअर्थमन्त्री पौडेलको ह्याट्रिक


बुटबल । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी भएका छन् ।
 
उनले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । यो विजयसँगै पौडेलले ह्याट्रिक गरेका छन् । 
 
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गरेका छन् । 
 
सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो । 
 
नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गरेका थिए । पटक–पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान(हाल स्वर्गीय)लाई पराजित गरेका थिए ।