मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस नेता केसीलाई हराउँदै खतिवडा विजयी

कांग्रेस नेता केसीलाई हराउँदै खतिवडा विजयी


नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका छन् ।
 
मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे । 
 
विजयी उम्मेदवार खतिवडाले १० हजार ५५७ मतअन्तरले केसीलाई हराएका हुन् ।