मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री देउवाको दोस्रो ह्याट्रिक

प्रधानमन्त्री देउवाको दोस्रो ह्याट्रिक


डडेल्धुरा । देशभरबाट लोकतान्त्रिक गठबन्धनले पराजय भोग्दै गर्दा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । यो उनको दोस्रो ह्याट्रिक हो । 
 
प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन् । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका हुन् ।
 
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भएका हुन् ।
 
माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रोपटक पराजित भएका हुन् । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिएका थिए । 
 
देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आएका छन् । डडेल्धुरामा उनले अहिले छैटौँपटक चुनाव जितेका हुन् । उनले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए ।