मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन २ (क) मा माओवादी केन्द्रका दाहाल विजयी

चितवन २ (क) मा माओवादी केन्द्रका दाहाल विजयी


चितवन । चितवन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट निर्वाचनमा होमिएका नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ ४ हजारभन्दा बढी मतअन्तरले पराजित भएका छन् । 
 
श्रेष्ठका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिल्ला सहसेक्रेटरी घनश्याम दाहाल ‘अविनाश’ले २० हजार ३८१ मतका साथ विजयी भएका छन् । एमालेको सहकार्यमा अविनाशले अविश्वसनीय नतिजा हासिल गरेका हुन् ।   
 
लोकतान्त्रिक गठबन्धनका जितनारायणले १५ हजार ६६३ प्राप्त गरेका छन् । सुरुवातदेखि नै अग्रता लिइरहेका अविनाशले ४ हजार ७१८ मतअन्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।  
 
नेविसंघको राजनीतिबाट निरन्तर अपराजित यात्रा गर्दै आएका श्रेष्ठले जित्ने अनुमान गरिएको थियो । उनले आफ्नो प्रतिस्पर्धी नै नरहेको बताउँदै आएका थिए । चितवन निर्वाचन कार्यालयले भने नतिजा घोषणा गरिसकेको छैन ।