मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा भट्टराईले गरे ह्याट्रिक

डा भट्टराईले गरे ह्याट्रिक


गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् । यस विजयसँगै उनले ह्याट्रिक गरेका छन् । 
 
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार रहेका डा भट्टराईले वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरेका हुन् । 
 
यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम शनिबार राति सार्वजनिक भएके हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका छन् ।  डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए । 
 
निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा २ चर्चामा रहँदै आएको थियो । माओवादीका पूर्व उपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिएको थियो । तर भट्टराई फराकिलो मतान्तरले विजयी भएका छन् । डा भट्टराई विजय बन्नुअघि नै नारायणकाजीले फोनमार्फत बधाई दिइसकेका छन् ।