मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झण्डै दोब्बर मतअन्तरले माधवकुमार नेपाल विजयी

झण्डै दोब्बर मतअन्तरले माधवकुमार नेपाल विजयी


काठमाडौं । एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं २ बाट भारी मतान्तरले विजयी भएका छन् ।
 
नेता नेपालले २७ हजार ३६६ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपक कुँइकेल १४ हजार ३६६ मत ल्याएका छन् ।
 
त्यसैगरी विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३६ मत ल्याएका छन् । यो क्षेत्रमा कुल ५२ हजार १३५ मत खसेको थियो ।
 
यसैबीच, कांग्रेसका कुइँकेल र विवेकशील साझा पार्टीका आचार्यले विज्ञप्ति नै जारी गरेर नेता नेपाललाई बधाई दिएका छन् भने क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिएका छन् ।