मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केपी ओलीलाई अहंकार हटाउन गगन थापाको चेतावनी

केपी ओलीलाई अहंकार हटाउन गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंमा आफूलाई लक्षित गरी बम विस्फोटको घटनाप्रति सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।
 
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आफूलाई लक्षित गरेर विस्फोट भएको घटनालाई सामान्य रुपमा लिएर चुनावी विषय बनाएको प्रसंगमा गगनले यस्तो अहंकार अब प्रधानमन्त्री हुँदा नदेखाउन चेतावनी दिए ।
 
“मैले मेरा मतदाताप्रति गरेको संकल्प प्रत्येक पल सम्झन्छु,” थापाले भने, “संसदमा आफूले गर्नुपर्ने काम यही संकल्पका साथ गर्नेछु ।”
 
थापाले ओलीलाई चेतावनी दिँदै भने, “एमाले अध्यक्ष तथा जो अब प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँले काठमाडौंमा भएको बम विस्फोटलाई अत्यन्त हल्का ढंगले लिनुभयो । हल्कामात्रै होइन, निकै तल गिरेर टिप्पणी गर्नुभयो । साथीहरु अहिले पनि अस्पतालमा छन् । उहाँले प्रायोजित भनेर भन्नुभयो । उहाँले निर्वाचनको प्रयोजनलाई मात्रै हेरेर मेरो क्षेत्रमा आएर त्यसो भन्नुभयो । यो उहाँको अहंकार हो । प्रधानमन्त्रीको रुपमा यो अहंकार नरहोस् ।”
 
उनले कांग्रेसमा संकट आएको भन्दै अहिले नै हल्का ढंगले टिप्पणी गर्न नहुने धारणा राखे ।
 
“अब कांग्रेस तलदेखि माथिसम्म सुधार नगर्ने हो भने यो भन्दा ठुलो संकट आउन सक्छ,” थापाले भने । उनी एमालेका युवा नेता राजन भट्टराईलाई हराउँदै विजयी बनेका हुन् ।