मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डडेल्धुरामा देउवा झण्डै तीन हजारमतले अगाडी, तर, आरजुभने पछाडि

डडेल्धुरामा देउवा झण्डै तीन हजारमतले अगाडी, तर, आरजुभने पछाडि


हिमालयखवर संवाददाता
२३ मंसिर, काठमाडौं-  डडेल्धुरामा प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिद्धन्दी भनदा झण्डै ३ हजार मतले अगाडी छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ७७८८ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्टले ४७९७ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ मतगणना जारी छ । 
 
तर, कैलाली ५ मा भने देउवा पत्नी आरजु करिब एक हजारमतले पछाडि परेकी छिन् । त्यहाँ एमालेका नादरमुनी रानाले ८९९० मत ल्याएका छन् भने आरजुको ७९७० छ ।
 
काँग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौला पनि झापा ३ मा ३६१९ मतले प्रतिस्पर्धी भन्दा पछाडि परेका छन् । पछिल्लो मत विवरण अनुसार राप्रपाका राजेन्द्र लिगंदेनले १३ हजार ६० मत पाउँदा सिटौलाको मत भने ९ हजार ४४१ मात्र छ ।