मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले एक्लैले बहुमत ल्याउला ?

एमाले एक्लैले बहुमत ल्याउला ?


हिमालयखवर संवाददाता 
२३ मंसिर, काठमाडौं ।– यो निर्वाचनमा अधिकांश स्थानमा अग्रता लिएको नेकपा एमालेले एक्लै बहुमत ल्याउला ? प्रत्यक्ष र सामानुपातिक गरी २७५ स्थान रहेको संसदको निर्वाचनमा एमाले बढत हासिल गरे पनि एक्लैले बहुमत ल्याउने सम्भावना भने देखिएको छैन । 
 
प्रत्यक्षका १६५ मध्ये अहिलेसम्म एमालेसम्म १५० सिट मतगणनाको नतिजा बाहिर आएको छ । यस मध्ये २१ स्थानमा एमालेले जितेको छ र ५४ स्थानमा अग्रता हासिल गरेको छ । एमालले अग्रता लिएको स्थानमा सबै जित्यो  र गणना हुन बाँकी केही स्थान हात पारेपनि करिब ८० स्थानमा जित हासिल गर्न सक्छ । 
 
२७५ सिट भएको संसदमा बहुमतका लागि १३८ को आंकडा छुनुपर्छ । यस आधारमा एमालेलाई समानुपातिकमा करिब ६० स्थानको आवश्यकता पर्छ । सामानुपातिक सिट पार्टीले पाएको सदर मत संख्याको आधारमा तय हुन्छ । यसका लागी छुट्टै मतपत्र छ ।
 
यसको नतिजा आउन अझै केही दिन लाग्छ । तर, ११०  समानुपातिक सिटमा एमालेले ५० प्रतिशत भन्दा बढी भोट आफ्नो पक्षमा पार्नु पर्छ । यो त्यति सम्भव छैन ।  एमाले र माओवादी केन्द्र सहितको वामगठवन्धन मिलेर गएभने सजिलै बहुमत हुने छ । यो समिकरण रहँदा सम्म नेपालमा स्थिर सरकार हुने छ । 
 
अहिलेसम्मको परिणाम अनुसार थुप्रै स्थानमा एमालेका शीर्ष नेता र उम्मेदवारहरुले वढ्त हासिल गरिरहेका छन् । एमाले अध्यक्ष केपी ओली निकट प्रतिद्धन्द्धी भन्दा निकै अगाडी छन् । माधव नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, लगायत एमाले शीर्ष नेतापनि अगाडी छन् ।
 
काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शासंक कोइरालाले अग्रता लिएका छन् । तर, काँग्रेस शीर्ष नेता रामचन्द्र पौडेललाई मतमा अगाडी बढ्न सकस परिरहेको छ । अर्को चर्चित काँग्रेस नेता शेखर कोइराला भने पराजित भएका छन् । काँग्रेस सरकारमा जाँदा पटक पटक अर्थमन्त्री भएका डा रामशरण महतपनि मतगणनामा पछि परेका छन् । 
 
प्राप्त नतिजा अनुसार माओवादी केन्द्रले ६, काँग्रेसले ३ स्थानमा जितेका छन् । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।