मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देउवा, शसांक र गगन अगाडी, रसुवामा कांग्रेसले जित्यो

देउवा, शसांक र गगन अगाडी, रसुवामा कांग्रेसले जित्यो


हिमालयखवर संवाददात-
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना प्रतिद्धन्दीसंगको मत अग्रता वढाउंदै लगेको छन् । पछिल्लो परिणाम अनुसार देउवाले ४४७५ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्धन्दी खेगराज भट्टले २२१२ मत प्राप्त गरेका छन् । देउवाले डडेल्धुरा निर्वाचन क्षेत्रवाटे मतदान गरेका थिए । 
 
यस्तै नेपाली कांग्रेसका महामन्त्री शंसाक कोइरालापनि आफ्नो प्रतिद्धन्दी उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडी वढेको छन् । नवलपुर १ वाट उम्मेदवारी दिएका कोइरालाले २९२४ मत प्राप्त गरका छन् । उनका प्रतिद्धन्दी भविश्वर पराजुलीले १२४४ मत प्राप्त गरेका छन् । 
 
कांग्रेस युवा नेता गगन थापालेपनि आफ्नो मतान्तर वढाउंदै लगेका छन् । थापाले २० हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी राजन भट्राईले १७ हजार ७२५ मत पाएका छन् । रसुवावाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएकाले छन् । उनले एमाले उम्मेदवारलाई हराएका हुन् ।