मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्रीलाइ हराउँदै बागलुङ्गमा पाठक विजयी

मन्त्रीलाइ हराउँदै बागलुङ्गमा पाठक विजयी


बागलुङ । बहालवाला राज्यमन्त्रीलाई पराजित गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ डा. सूर्य पाठक विजयी भएका छन् ।
 
साझा बाम उम्मेदवार नेकपा एमालेका युवा नेता डा. पाठक फराकिलो अन्तरले विजयी भएका हुन् । उनले ३३ हजार ६ सय ५७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनको प्रतिस्पर्धी नेपाली काग्रेसका चम्फादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन । वहालवाला राज्यमन्त्री खड्कासँगको मतान्तर १३ हजार ४१ रहेको छ ।
 
विजयी पाठक २०७० को निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी अाफ्ना पति हरिबहादुर खड्काकाे निधनपछि बागलुङ १ मा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन । खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री छिन।