मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा हरिबोल भण्डारी सल्लाहकारमा मनोनित

एनआरएनएमा हरिबोल भण्डारी सल्लाहकारमा मनोनित


हिमालयखवर संवाददाता-
गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समवन्वय परिषद (आईसीसी) को सल्लाहकारमा अमेरिकावाट हरिबोल भण्डारीलाई मनोनित गरिएको छ । यस्तै आईसीसी सदस्यमा पनि अमेरिका क्षेत्रवाट तीनजना नियुक्त भएका छन् । संघको शुक्रवार भएको वैठकले राजन त्रिपाठी, कुन्गा सेर्पा र सरला कडेंललाई आईसीसी सदस्य नियुक्त गरेको हो । 
 
बैठकले सल्लाहकारमा भण्डारी वाहेक नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा, समाजिक अभियन्ता महाबीर पुन, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, एनआरएनका संस्थापक प्रवक्ता जुगल भुर्तेल लगायत ११ चनालाई राखेको छ । वैठकमा भण्डारीको नाम अध्यक्ष भवन भट्टले नै प्रस्ताव गरेका थिए । सवैले यसलाई समर्थन जनाएका थिए ।
 
आईसीसी सदस्य नियुक्तीमा अमेरिका भित्रै विवाद भएपछि संघले यस्तो निर्णय गरेको हो ।
 
आईसीसी नियुक्त भएका कोही पनि एनआरएन अमेरिकाले सिफारिस गरेका परेनन् । एनआरएन अमेरिकाले कार्यसमितिमा भोट गराएर केही नामहरु सिफारिस गरेको थियो । तर, क्षेत्रिय संयोजक गौरी जोशीले एनआरएन अमेरिकाको सिफारिस भन्दा विपरित नामहरु पठाएका थिए । गौरीको सिफारिसमा राजनको नाम भने पहिलो नम्बरमा थियो । अन्य नामहरु भने गौरीले पनि सिफारिस गरेका थिएनन् । 
 
चरम विवादमा रहेको एनआरएन अमेरिका भित्र यो नियुक्तीमा पनि असन्तुष्टी जनाउने, आईसीसीमा फोन गर्ने र इमेल पठाउने भने पठाइएको छ ।