मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

भयो अब बिभाजित नहोअैाँ ?

भयो अब बिभाजित नहोअैाँ ?


डेढ महिना अघि काठमाडाैँमा गैर अावासीय नेपाली संघ (एनअारएन) को अन्तराष्ट्रिय सम्मेलनका क्रममा अमेरिकामा रहेका नेपालीहरूलेनै शीर निहुर्याउनुपर्यो । पहिलो त, हायात होटलमा एनअारएन अमेरिकाका अध्यक्ष डा. केशव पैाडेलमाथि हातपात भएको खबर अमेरिकासम्म अाइपुग्यो । दोस्रो चाँही त्यति ठूलो तामझाम साथ अमेरिकाबाट गएका दुइसयको हाराहारीका प्रतिनिधि हुँदाहुँदै पनि यहाँबाट उम्मेदवार भएकाहरू सबै पराजित भए ।
 
यी दुइ घटनाले अमेरिकी नेपाली डायस्पोरालाइ संसारका नेपालीहरूले हेर्ने दृष्टिकोणमा धेरै फरकपन अायो । अमेरिकामा रहेका नेपालीहरू असाध्यै विभाजित देखिएका कारण कुनै पनि पदमा विजय हासिल गर्न सकिएन । यो अमेरिकामा रहेका हाम्रो समुदायको सबैन्दा ठूलो कमजोरीका रूपमा रह्यो ।
 
अमेरिकाको नेपाली समुदाय अर्थात हामी असाध्यै विभाजित छाैँ । नेपालको राजनीतिक दलका अाधारमा, नेपालको भूगोलका अाधारमा, जातजातिका अाधारमा हामी विभाजित छाैँ । हाम्रो विभाजनको सबैभन्दा ठूलो कारण चाँहि नेपालको राजनीतिक दल देखिएको छ ।
 
राजनीतिक दलसँग इतिहासको कुनै कालखण्डमा निकटता रहेकै कारण पराइ र कुनै संस्थाका लागि अयोग्य ठान्ने संस्कारले हाम्रो समाज असाध्यै कमजोर अनि विभाजित भइरहेको छ । अनि राजनीतिक दलको भातृसंस्था जसरी संस्था कव्जा गर्ने कतिपयको सोचले पनि नेपाली समुदाय असाध्यै विभाजित हुनपुगेको छ ।
 
यसै सेरोफेरोमा नेपाली समाज टेक्सस (एनएसटी) को निकट भविष्यमा हुन लागिरहेको नेतृत्वका विषयमा धेरै चर्चा र टिकाटिप्पणीहरू हुन थालेका छन् । कतिपय संस्थागत र कतिपय मसँग संबन्धित रहेका यी चर्चालाइ संबोधन गर्नुपर्ने मैले ठानेको छु ।
 
सामाजिक सेवामा बिशेष रुची राख्ने मेरो सन् २००७ को दशैँ ताका देखिनै एनएसटीसँगको हिमचिम बढ्यो। सन् २००९ देखि त एनएसटीबाट संचालित स्कूल, बच्चाहरुको लागि संचालित हाजिरी जवाफ कार्यक्रम, दशैँ-तिहार कार्यक्रम, बिभिन्न सेमिनार, गोष्ठी संचालन मार्फत सक्रिय सहयोगी हुँदै मेरो टेक्सासमा सामाजिक यात्रा अघि बढेको हो ।
 
नेपालमै प्राविधिक शिक्षा अध्ययन गरेर रोजगारी समेत गर्दै गरेको मलाइ सुविधासम्पन्न जीवन बिताउने अाशाले अमेरिकासम्म ल्याइपुर्यायो । नेपालमै अध्ययन, सरकारी सेवाको सिलसिलामा पनि सामाजीक काममा सकृय मलाइ यहाँ पनि समुदायका हरेक गतिविधिमा स्वफूर्त अाकर्षित गर्यो ।
 
सबैको सहयोगमा सन् २०११ मा नेपाली समाज टेक्सस (एनएसटी) को उपमहासचिबको जिम्मेवारी सम्हाले। सम्पूर्ण कार्यकारिणी समितिको सहयोगमा संस्थाको दायरा अझ फराकिलो बनाउन धेरै क्षेत्रका व्यक्तिहरुलाई आकर्षित गराउने तथा अपनत्व गराउने उद्देश्यले सेमिनार/गोष्ठी कार्यक्रमको नेतृत्व लिए। एनएसटी स्कूलको दायरा अझ फराकिलो बनाउन स्कूल इन्चार्जको भूमिका गतिलैसँग वहन गरेर अाफ्नो जिम्मेवारी पुरा गरेँ जस्तो लाग्छ मलाइ । किनकी त्यतिखेर संस्थामा स्थानीय समुदायको सकृयता, स्कूलमा विद्यार्थी सहभागिता हेर्दा कसैले गुनासो गरेको सुन्नमा अाएन ।
 
मन्दिर स्थापना, अन्य सांस्कृतिक गतिविधिहरूमा समेत हामीले नेपाली समाजलाइ अमेरिकाभरिकै नेपाली समुदायको अब्बल संस्थाका रूपमा त्यतिखेरै चिनाएका थियैाँ ।
 
समाजका धेरै अग्रजहरुको सुझाब, सल्लाह अनुसार सन् २०१३ को निर्वाचनमा अध्यक्षको उम्मेदवारका रूपमा अघि बढे। समाज निर्माणका लागि सहमति र सहकार्य अपरिहार्य हुन्छन। त्यसै कुरालाई आत्मसाथ गर्दै धेरैको सुझावको कदर गर्दै एक अलिखित सम्झौताको आधारमा म अध्यक्ष पदको प्रत्यासीबाट त्यतिखेर पछि हटे र मैले महासचिबको जिम्मेवारी लिए। साथै कमिटिका निर्णय अनुसार स्कूलको प्रिन्सिपलको जिम्मेवारी समेत लिएर काम गरेँ ।
 
एनएसटीका कमिटि भित्र र बाहिर एनएसटीसँग सम्पुर्ण संघसंस्थाको समन्वय उत्कृष्ट रह्यो। सम्पूर्ण कार्यक्रममा सबैको सहयोग अनि सद्भाव रह्यो। भुकम्पका बेला नेपालमा सहयोग, मन्दिर हाल निर्माण, स्कूल लगायत सम्पुर्ण कार्यक्रम निकै राम्रोसँग अघि बढ्यो। जसले गर्दा समाजले निकै उचाई प्राप्त गरेकै हो ।
 
जब, सन् २०१५ को निर्वाचन आयो त्यतिखेर खोला तर्ने लौरो बिर्सने प्रवृति देखियो। धेरै सहभागी सम्झौता छोडेर भागे। आफूलाई माया गर्ने र बिश्वासयोग्य साथीहरुको साथ लिएर म निर्वाचन मैदानमा होमिए।
 
प्लान- ‘बी’ बिना नै जीतको सुनिश्चितता पुर्वक अघि बढेको मलाई त्यति खेर मात्र चुनाव हार्छु कि क्याहो भन्ने महसुस भयो जब ६ बर्ष सम्म दैनिक समाजका हरेक गतिविधिमा सहभागी भएको मैले कहिल्यै अनुहार नदेखेका मानिसहरुको भोट दिन ताँती लाग्यो । एनएसटी भनेको के हो भन्ने जानकारी नभएकाहरू पनि फलानोले भनेर, फलानोलाइ भोट दिन अाएको भन्दैथिए । अझ कतिले त अरूले सदस्य बनाइदिएको र भोट दिन अाएको भनिरहेका थिए । अन्तत म पराजित भएँ ।
 
बिजयी कृष्ण लामिछानेजीलाई टीका लगाएर शुभकामना मन्तब्य दिए । म मात्र यस्तो उम्मेदवार हुँ, जो अन्तिम नतिजासम्म कुरेर बसेँ र विजेतालाइ शूभकामना दिएर बिदा भएँ । मैले त्यतिखेर बोल्ने क्रममा मैले संख्याले हारेको तर भावनाले जितेको बताएको थिएँ ।
 
सामाजिक सेवाको इतिहासमा मलाई सबैभन्दा कालो क्षण त्यतिखेर लाग्यो जब विजयको खुशी मनाउँदा नेपालको एउटा पार्टीको जीत भनेर जिन्दावादको नारा लाग्यो। मलाई मेरो समाजले सामाजिक बाटो छोड्ने भयो भन्ने पीर लाग्यो, त्यो ध्वनी धेरै सामु गुन्जिएको हुँदा केही नबोल्नुनै उचित ठानेँ ।
 
तत् पश्चात बिजयको उन्मादले समाजलाई यसरी अघि बढायो कि, त्यो क्रमशः सामाजिकबाट राजनैतिक बाटो समात्यो । राजनैतिक पार्टीको कार्यालयको रुपमा परिणत भयो। अनि क्रमशः साँघुरिँदै राजनीति भित्रको पनि गुट हुदै उपगुटमा सिमित भयो। समाजको दायरा निकै साँघुरियो।
 
साँघुरो घेरा भित्रै बसेर भए पनि मर्दा र पर्दा निकै राम्रो भूमिका निर्वाह गर्यो समाजले। तर, सामाजिक सदभाव भने टुक्राटुक्रा भयो। बर्षौदेखि एउटै आँगनमा हुने दशैँ, तिहार, तीज, होली छुट्टाछुट्टै आँगनमा हुन लागे। बिभिन्न चुनावका नाममा सबैको हुनु पर्ने सामाजिक नेतृत्व तहका जिम्मेवारहरु केही व्यक्तिका आसे पासे बन्न पुगे। व्यक्तिगत स्वार्थले जरो गाड्यो, एउटै भएका मुटुहरु पनि टुक्रिए, टेक्ससको सामाजिक एकतालाई सिंगो अमेरिका सामु भद्दा मजाक बनाइयो।
 
परिणाम – अघिल्लो कार्यकारिणी कमिटिले भुकम्पका बेला नेपाललाई सहयोग गर्न संकलित तथा चुनावका समय सदस्यताबाट संकलित आर्थिक रकम रहुन्जेल सामाजिक संजाल तथा पत्रपत्रिका मार्फत तिनै आर्थिक सहयोगका विषय समाचार बनिरहे र स्याबासीका धाप लागिरहे । तर बैक एकाउन्ट रित्तिनुसँगै लामो इतिहास बोकेको १५ बर्ष पुरानो बैँक खाता समेत हालै बन्द भयो । १० बर्ष देखि संचालित स्कूल बन्द प्राय भयो । यो कमि–कमजोरी कसको ? यसको लेखाजोखा र खोजीनीति हुनुपर्छ कि पर्दैन ?
 
सर्व साधारणलाई सामाजिक गतिबिधि सुसुचित गराउने ७/८ बर्ष पुरानो सामाजिक संजाल फेसबुक बन्द भयो।  नव आगन्तुक लाई ड्राइभिङ्ग सिकाउने कार्य त बन्द नै भयो, गाडीको समेत अत्तोपत्तो छैन ।
 
केही महिना अघि नेपालको तराइ क्षेत्रमा ठूलो बाढी गयो । धेरैको घरखेत डुब्यो, बग्यो । बिहान बेलुकीको हातमुख जोर्न स्थानीयलाइ कठिन भयो । त्यही बाढीपीडितलाइ भनेर सहयोग संकलन गरियो । तर त्यसको उपयोग बाढी पीडित क्षेत्रमा नभएको चर्चा सुनिन थालेको छ ।
 
हरेक हप्ता एउटा कार्यक्रमका नाममा ‘पटलक’ बाहेक अन्य सबै कार्यक्रममा एनएसटी सहआयोजक बन्यो । तर आफूले कुनै नयाँ कार्यक्रम ल्याएन । एनएसटीको इतिहास बोकेका, चिनारी दिने कार्यक्रमहरु बन्द भए। सर्वसाधारणले एनएसटी प्रति अपनत्व महसुस गर्न छाडे। त्यसको पछिल्लो परिणाम को रुपमा २ हजार चारसय ४४ सदस्य भएको संस्थामा साधारण सभामा ३८ जनाको मात्र उपस्थिति । जसले गर्दा गणपुरक संख्या नपुगेर दोस्रो पटक गर्नुपर्यो । दोस्रो पटक गर्दा त पहिलेभन्दा पनि उपस्थिति घटेर २२ जना मात्र सहभागी भए । यही साधारण सभाले डिसेम्बर २३ मा चुनाव गर्न निर्णय गरेको छ ।
 
आखिर जे भए पनि नेपाली समाज टेक्सस हाम्रो इतिहास हो । जसले टेक्सासमा संस्थागत सहयोग को शुरुवात मात्र गरेन, अहिले पनि मर्दा-पर्दा सहयोगको नेतृत्व लिने गरेको छ। यो संस्थालाई सवैको अपनत्व महसुस गर्ने बनाउनु हामी सबैको कर्तब्य हो।
 
यतिखेर मलाई फेरि समाजको नेतृत्व गर्न समाजका धेरै शुभ चिन्तक, अग्रजहरुले अनुरोध गरिरहनु भएको र पत्रपत्रिकामा मलाई पनि प्रत्यासीको रुपमा प्रस्तुत गरिएको छ । अहिले म सामाजिक सेवा कै क्रममा अन्य संस्था मार्फत सामाजिक अभियानमा सबैसँग रहेको र पारिवारिक ब्याबशायिक हिसावले पनि अलि बढी व्यस्त रहेको हुँदा समाजको नेतृत्व गर्ने मनस्थिति तथा तयारीमा छैन । किनकी हाम्रो समाज असाध्यै विभाजित भैसकेको छ । हालैको एनअारएन चुनावले समाजलाइ थप विभाजित बनायो । यस्तो अवस्थामा म उम्मेदवारका रूपमा खडा भएर समाजलाइ फेरि विभाजन गर्नेतिर लाग्दिन । किनकी मलाइ जानकारी छ, मैले संस्थाको नेतृत्व गरिदिएमा संस्था पहिलेकै बाटोमा अाउनेथियो भन्ने धेरैको अपेक्षा छ । तर केही व्यक्ति र समुहलाइ अझै पनि राजनीतिक धङधङी छ । जसले गर्दा फेरि पनि चुनाव गराउने र समाजलाइ विभाजित गराउने अवस्था अाउनेछ । म त्यतातिर अब छैन ।
 
मैले घमण्ड गर्न खोजेको होइन । तरपनि भन्नैपर्ने हुन्छ । म मात्र यस्तो व्यक्ति हुँ जसले संस्थामा हारेपछि पनि नत अर्को संस्था जन्माउनेतिरनै लागेँ । किनकी विगतमा पराजित भएका धेरैले यहाँबाट निस्किएर अर्को संस्था जन्माएका इतिहास छन्। मैले त्यसो गर्न चाहिन । र निरन्तर एनएसटीमै लागिरहेँ। संस्थाका पदाधिकारीहरूले मागेका बखतमा गर्नुपर्ने सबै काम मैले गरेको छु । सबै कार्यक्रममा मैले सहभागिता जनाएको छु । दावी गरेर भन्छु संस्थाका सबै पदाधिकारीहरू बरू संस्थाका गतिविधिहरूमा सकृय भएको देखिँदैन । तर म एनएसटीले अायोजना गरेका जस्तोसुकै कार्यक्रममा उपस्थित भएको छु । किनकी मलाइ यो संस्थाप्रति पहिले पनि मायाँ थियो र अहिले पनि त्यत्तिकै मायाँ छ । 
 
म समाजलाइ बिभाजन गर्ने, एक अापसमा जुधाउने र बझाउने काममा हिजो पनि थिइन र अाज पनि छैन । नत भोली पनि त्यस्तो कृयाकलापमा हुनेछु । त्यसोहुँदा म उम्मेदवार भएँ भने बिभाजनले थिलथिलो भएको एनएसटी फेरि बिभक्त हुने देखियो । तसर्थ म बिभाजनको बीउ हुन चाहन्न । 
 
म प्रति सदभाव देखाउनु हुने, मेरो नेतृत्वमा रहेको समाज हेर्न चाहनु हुने सम्पूर्ण टेक्सासबासी दाजुभाई, दिदिबहिनी, बुवा-आमाहरु प्रति हार्दिक आभार तथा धन्यबाद व्यक्त गर्छु । नेपाली समाज टेक्सासको सदस्यता लिन र स्वबिबेकको प्रयोग गरेर समाज हाँक्न सक्ने व्यक्तिलाई बिजयी गराउन हुन् हार्दिक अनुरोध गर्दछु।
 
धन्यबाद !