मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखामा डा बाबुरामलाई नारायणकाजीभन्दा १२१६ मतको अग्रता

गोरखामा डा बाबुरामलाई नारायणकाजीभन्दा १२१६ मतको अग्रता


गोरखा– सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका डा बाबुराम भट्टराईले अग्रता बढाउँदै लगेका छन् । उनले कम्युनिष्ट गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको सुरुवाती अग्रतालाई तोड्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।
 
शुक्रबार बिहान सवा ११ बजेसम्म सार्वजनिक गरिएको मत परिणामअनुसार उनी श्रेष्ठभन्दा एक हजार २१६ मतले अगाडि छन् । प्रतिनिधिसभातर्फ गणना भएका मतमध्ये डा भट्टराईले ७ हजार ५२० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन् । अहिलेसम्म कुल १४ हजार ७७१ मत गणना गरिएको छ ।
 
गोरखामा प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न भएको थियो । एक महिनाअघिदेखि कसले बाजी मार्छ भन्ने विषयले चर्चा पाइरहेको थियो ।