मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रारम्भिक नतिजा बामगठवन्धनका पक्षमा

प्रारम्भिक नतिजा बामगठवन्धनका पक्षमा


हिमालयखवर संवादददाता
काठमाडौँ- नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना नतिजामा बापपन्थी गठबन्धनले अग्रता लिएको छ । पहिलो चरणमा प्रतिनिधि सभाका ३७ स्थानमा भएको निर्वाचनको नेपाली समय अनुसार बिहीबार साँझ सुरु भएको मतगणनामा वामपन्थी गठबन्धनका करिब ६० प्रतिशत भन्दा बढी उम्मेदवार अग्रता लिएका छन् । 
 
दोस्रोमा सत्तारुढ नेपाली काँग्रेस पार्टी छ । तर, अहिलेको सबैभन्दा ठुलो पार्टी काँग्रेसका उम्मेदवारले ३० प्रतिशत स्थानमा मात्र अग्रता लिएका छन् । 
 
यो प्रारम्भिक नतिजाले वामपन्थी पार्टी बहुमत तिर अग्रसर भएको देखिन्छ । स्थायी सरकार दिने नाराका साथ दुई ठुला लगायतका वामपन्थी पार्टी मिलेर बामगठवन्धन बनाई निर्वाचनमा गएका थिए । यो निर्वाचनमा एमाले अध्यक्ष तथा बामगठवन्धनका नेता केपी ओलीको लहर थियो । काँग्रेसले मतदातालाई आकिर्षत गर्ने मुद्दाहरू सार्न सकेको थिएन ।
 
अहिले पहिलो चरणमा निर्वाचन भएका तुलनात्मक रूपमा कम जनसंख्या र पहाडी जिल्लाको मतगणना भइरहेको छ । दोस्रो चरणमा भएको निर्वाचनको मतगणना सुरु भएपछि काँग्रेसले नतिजामा सुधार गर्न सक्छ । तर, पनि यस पटक काँग्रेसले हार्ने र केही दिनमै वामपन्थी सरकार बन्ने अवस्था प्रारम्भिक नतिजाले देखाएको छ । 
 
विवेकशील साझा लगायत अन्य नयाँ पार्टीको अवस्था के हुन्छ यो भने प्रष्ट छैन । तर, पुरानै पार्टीको बोलवाला हुने प्रारम्भिक मतपरिणामले देखाउंछ । 
 
प्रतिनिधि सभामा कुल सदस्य २७५ मध्ये प्रत्यक्षमा १ सय ६५ स्थानका लागि निर्वाचन भएको हो । खसेको भोट संख्याका आधारमा ११० जना सांसद पछि चुनिने छन् । 
 
प्रदेश सभा निर्वाचनमा पनि वामपन्थी गठबन्धनका उम्मेदवारलेनै अग्रता लिएका छन् । अहिलेसम्म पहिलो चरणमा मतदान भएका ३७ मध्ये ३५ स्थानका मतगणनाका प्रारिम्भक नजिता आइरहेका छन् ।