मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विदेशमा वस्नेले भोट हाल्न नपाएको असन्तुष्ठि

विदेशमा वस्नेले भोट हाल्न नपाएको असन्तुष्ठि


हिमालयखवर संवाददाता
विदेशमा बस्ने नेपालीले देशको राजनीतिक संरचनानै परिवर्तन गर्ने यस पटकको चुनावमापनि मतदान गर्न नपाउंदा खिन्न भए । अवसरको खाजिमा विदेशीएका करिब ४० लाख भन्दा बढी नेपाली युवाको चाहना नेपाल परिवर्तन गर्ने निर्वाचनमा सहभागी हुन पाइयोस भन्ने थियो । विदेशमा बस्ने नेपालीको नोट चल्ने भोट नचल्ने भन्ने प्रश्न विदेशमा वस्नेले पटक पटक उठाएका थिए ।
 
नेपालको अर्थतन्त्र विदेशमा काम गरेर पठाउने रेमिट्यान्सले चल्ने भएकाले पनि यस्तो प्रश्न उठेको थियो । नेपालले रेमिट्न्यासलाई महत्वदिदैं आएको छ । कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको अंश करिब ३० प्रतिशत पुगिसकेको छ । तर, राजनीतिक रूपमा विदेशमा वस्नेलाई संलग्न गराउन भने सरकार र राजनीतिक पार्टी मौन छन् ।
 
विदेशमा बस्ने नेपालीले भोट हाल्न नपाएकोमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले असन्तुष्टि व्यक्त गरेका छन् । निर्वाचनका लागि शुभकामना दिएपनि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा विवास्ता गरिएकाले उनले असन्तुष्टि जनाएका हुन् । 
 
नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको लागी दोस्रो चरणको निर्वाचन भइरहेको छ । यो निर्वाचनले मुलुकको राजनीतिक स्थायित्व तथा अािर्थक समृद्धिका निमित्त मार्ग प्रशस्त गरोस गैर आवासीय नेपालको तर्फबाट हार्दिक शुभकामना भन्दै भट्टले लेखेका छन् निर्वाचन पछि बन्ने सरकारले विविध कारणले विदेशमा रहेर मताधिकारवाट बन्चित हुनुपरेका नेपालीहरूको मताधिकारको सम्मान गदै आगामी निर्वाचनमा मतदान गर्न पाउने सुनिश्चित गर्ने छ भन्ने विश्वास लिएका छौँ ।
 
यो निर्वाचनमा सहभागी हुन कयौँ नेपाली भने देश पुगेका थिए । कयौँले आफ्ना उम्मेदवार र पार्टीलाई आर्थिक सहयोग समेत गरेका छन् । नेपालमा परिवर्तन भई आर्थिक विकास होस भन्ने चाहना अधिकांश विदेश बस्ने नेपालीको छ । 
 
कयौँले शान्ति, स्थायित्व र पूर्वाधार भए नेपालमा लगानी गर्ने बताउँदै आएका छन् । क्यालिफोर्नियामा व्यवसाय गर्ने बासु घिमिरे भन्छन् हामीले विदेशमा रहेर पनि देशमा सकरात्मक परिवर्तन खोजेका छौँ आर्थिक विकास होस, जीवनस्तर गुणस्तर होस भन्ने चाहेका छौँ, हामी पनि लगानीका अवसर खोजिरहेका छौँ । राजनीतिक स्थायित्व भए लगानी गर्न नेपालनै जान उपयुक्त हुने कयौँ जान्छन पनि  उनले भने । 
 
दुई चरणमा भएको मतदानमा करिब ६६ प्रतिशत भोट खसेको छ । ठुलो सङ्ख्यामा नेपाली युवा बाहिर रहेको अवस्थामा यो खसेको भोट प्रतिशत पनि राम्रो हो । विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न सकेको भए भोट प्रतिशत अझ बढ्ने थियो । यसले राजनीतिक परिवर्तनलाई सकरात्मक दिशा दिन योगदान पनि हुने थियो । 
 
उद्योगपति विनोद चौधरीले विदेशमा बस्ने नेपालीलाई भोट गर्ने अधिकार दिनु पर्छ भनेर लबिगं गरेका थिए । नेपालमा सकरात्मक राजनीतिक परिवर्तनका लागि पनि तपाईहरुले भोट दिन पाउनु पर्छ उनको भनाई थियो । 
 
विदेशमा बस्ने अधिकांश युवाहरू भने पुराना राजनीतिक पार्टीसँग असन्तुष्ठ थिए । सामाजिक सञ्जाल मार्फत यो असन्तुष्ठि व्यक्त गरिरहेका थिए । नयाँ उम्मेदवार र राजनीतिक पार्टीलाई समर्थन गर्दै कयौँले सामाजिक संचालमा समर्थन देखाएका थिए । तर, बिहीबार साँझ देखि आउन सुरु गरेको प्रारम्भिक मतगणनाको नतिजाले पुरानै राजनीतिक पार्टी सत्तामा र राजनीतिमा हाबी हुने देखिएको छ ।
 
लगभग शान्तिपूर्ण रूपमा भएको उक्त निर्वाचनको पुरा नतिजा आउन करिब १० दिन लाग्ने छ । यस पछि नयाँ सरकार बने छ । 
 
निर्वाचन भई संविधान कार्यान्वयनले गति लिएकोमा समाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भने धेरैले बधाई दिएका छन् । नेपालको राजनीतिलाई यो निर्वाचनले गतिदिने हुदां यसलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यो निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भने कसैले पनि सम्झिएनन् । यो निर्वाचनले संविधानको कार्यान्वयन मात्र होइन नेपालको संरचनापनि परिवर्तन गर्दै छ ।