मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वासिंटन पोष्ट लेख्छ – नेपालको बिहीबारको निर्वाचन चीन र भारतले नजिकवाट हेरिरहेका छन्

वासिंटन पोष्ट लेख्छ – नेपालको बिहीबारको निर्वाचन चीन र भारतले नजिकवाट हेरिरहेका छन्


हिमालयखवर संवाददाता-
अमेरिका- अमेरिकाबाट प्रकाशित हुने द वासिंटन पोष्टले बिहीबार हुनलागेको नेपालको निर्वाचनलाई छिमेकी देश भारत र चीनले नजिकवाट हेरिहरेको र दुवैले नेपालमा आफ्नो समर्थकले जित्ने आशा गरेका छन् समाचार दिएको छ । 
 
पहिले समाचारको शीर्षक नेपालमा निर्वाचन भारतले र चीनले कसले जित्ला भन्ने थियो । वासिंटन पोष्टका लागि नयाँ दिल्ली स्थित संवाददाता विधि दोषीले पठाएको भारतीय दृष्टिकोणबाट लेखिएको उक्त समाचार शीर्षकको नेपालबाट व्यापक विरोध भएपछि पोष्टले पछि शीर्षक फेरेको थियो ।
 
तर, पनि समाचारको मुख्य सार भारत र चीन पक्षधर पार्टी निर्वाचनमा प्रतिस्पर्धामा रहेको र कसले जित्ला भन्ने छ । नेपालको राष्ट्रिय निर्वाचन यस्तो वेलामा भइरहेको छ जनु वेला चीनले एसिया लगायत नेपालमा व्यापक लगानी गरेर आफ्नो प्रभाव विस्तार गरिरहेको छ नेपालमा लामो समय देखि प्रभाव पार्दै आएको भारत यसबाट झस्किएको विज्ञहरु बताउँछन् समाचारमा भनिएको छ । 
 
वामपन्थी गठबन्धनले नेपालमा भारतको प्रभाव कम गर्न चीनलाई उपयोग गर्नु पर्ने मुद्दा अगाडी सारेको उल्लेख गर्दै समाचारमा एमाले अध्यक्ष केपी ओलीलाई चीन समर्थक गठबन्धनका नेताका रूपमा उल्लेख गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई भारत समर्थक भनिएको छ । देउवाले भारत र चीन बिच सन्तुलित रूपमा अघि बढ्नु पर्छ भन्ने मुद्दा उठाएको समाचारमा उल्लेख छ । 
 
ओली चीन पक्षधर हुन भन्ने पुष्टी गर्न पोखराको चुनावी सभामा गरेको भाषणपनि समाचारमा उल्लेख गरिएको छ । भाषणमा ओलीले नेपाल एकमात्र छिमेकीसंग निर्धर हुनवाट स्वतन्त्र हुनै पर्छ भन्ने उल्लेख छ ।
 
खुला सीमा, एउटै खालको रितिरिवाज, व्यापारिक सम्बन्ध लगायतले भारतको प्रभाव नेपालमा धेरै रहेपनि केही र्ष यता पूर्वाधारमा लगानी लगायत व्यापारिक सम्बन्ध विस्तारसगैं चीनले प्रभाव वढाउंदै लगेको समाचारमा जनाइएको छ । 
 
चीनिया लगानीकर्ताले नेपालमा सडक, अस्पताल, कलेज, मल लगायत थुप्रै स्थानमा लगानी गरेको हुदां प्रभाव विस्तार गरेको पोष्टको समाचारमा छ । नेपालमा गएको महाभुकम्प पछि भारतले राजनीतिक कारण लगाएको अघोषित नाकाबन्दीलाई केही राजनीतिकज्ञले भारतको विरोधका रूपमा उपयोग गरेको पनि समाचारमा उल्लेख गरिएको छ । 
 
भारतका संचारमाध्यम र केही राजनीतिकज्ञहरुले यस्तो धारणा पटक पटक राख्दै आएका हुन् । नेपालमा चीनिया संलग्नता भारतलाई चित्त नवुझेको पटक पटक सार्वजनिक हुदैं आएको थियो ।
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।