मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नयाँ दिल्ली लगायतका स्थानमा भूकम्पको झड्का

नयाँ दिल्ली लगायतका स्थानमा भूकम्पको झड्का


हिमालयखवर संवाददाता-
भारतको नयाँ दिल्ली, हरियाणा, उत्तर प्रदेश लगायतका क्षेत्रलाई बुधवार साँझ भूकम्पले हल्लाएको छ । 
 
अमेरिकाको भूकम्प मापन सम्बन्धी सरकारी एजेन्सी युएसजीएसका अनुसार भुकम्पनको तीव्रता ५ दशमलव १ मापन गरिएको छ । भूकम्पको केन्द्र उत्तरखण्डको पिपलकोठी नजिक रहेको जनाइएको छ । 
 
स्थानीय समय अनुसार बुधवार साँझ ८ बजेर ४० मिनेट जाँदा गएको यो भूकम्पले उत्तरप्रदेशमा जोडले हल्लाएको महसुस भएको स्थानियहरुलाई उदृत गर्दै भारतका संचारमाध्यमले बताएका छन् । 
 
नयाँ दिल्लीमा भूकम्पको झड्का महसुस गरेपछि स्थानियहरु घरबाहिर समेत निस्किएका थिए । नेपालको उक्त भूकम्पको धक्का सुदूरपश्चिम क्षेत्रमा पनि महसुस गरेको स्थानियले जनाएका छन् I