मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्पले सत्ता सम्हाले यता अमेरिकामा कागजात विहिन आप्रावासी पक्राउ पर्ने क्रममा उच्च वृद्धि

ट्रम्पले सत्ता सम्हाले यता अमेरिकामा कागजात विहिन आप्रावासी पक्राउ पर्ने क्रममा उच्च वृद्धि


हिमालयखवर संवाददाता
अमेरिका- अनुमति नभई कागजात विना अमेरिका बस्दै आएका तर, कुनै अपराध नगरेका आप्रावासी माथि धरपकड गरी पक्राउ गर्ने क्रम यो अािर्थक वर्ष अत्याधिक वृद्धि भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको जिम्मेवारी सम्हालेपछि यसरी पक्राउ पर्ने कागजात नभएका आप्रावासीको संख्यामा ४२ प्रतिशतले वृद्धि भएको डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस)द्धारा मंगलवार सार्वजनिक तथ्यांकमा उल्लेख छ । 
 
तर, मेक्सिको तथा अन्य ठाउंवावाट विना प्रवेशाज्ञा अमेरिका छिर्न खोज्दा सिमा क्षेत्रमा पक्राउ पर्नेको संख्यामा भने ट्रम्पले सत्ता सम्हालेपछि निकै कमी आएको छ । 
 
राष्ट्रपति ट्रम्पले एक बर्ष अघि चुनाव प्रचारकै क्रममा कागजात विहिन आप्रावासीलाई कडाई गर्ने विषयलाई मुख्य मुद्दा वनाएका थिए । पहिलो चरणमा अपराध गरेको रेकर्ड भएकालाई कामगजात विहिनलाई खोजी खोजी पक्राउ गर्ने भनिएको थियो ।
 
अमेरिकामा पहिलो पटक विना प्रवेशाज्ञा छिर्नुलाई जधन्य अपराध (फौजदारी अपराध) मानिदैन । यसलाई सिभिल अपराध मानिन्छ । तर, अहिले पक्राउ पर्नेमा जधन्य अपराधको रकेर्ड नभए कागजात विहिन आप्रावासी धेरै छन् । डीएचएसका कार्यवाहक निर्देशक थोमस होम्यानले कागजात विहिन पक्राउ पर्ने संख्यामा वृद्धि भएकोमा आफ्ना कर्मचारीको प्रशंसा गरे । यसले राष्ट्रपतिको आदेश अनुसार काम भईरहेको देखाउंछ उनले भने । 
 
सन् २०१७ आर्थिक बर्षमा १ लाख १० हजार ५६८ कामजात विहिनहरु पक्राउ परेको डीएचएसले जनाएको छ ।  अघिल्लो वर्षको यसै अवधिमा जम्मा ७७ हजार ८०६ जना यसरी पक्राउ परेका थिए । अधिल्लो वर्षको तथ्यांक अक्टोबर देखि जनवरी सुरु सम्मको हो जुन वेला ट्रम्पले कार्यभार सम्हालिसकेका थिएनन् । अहिलेको गतिमा कागजात विहिन आप्रावासी पक्राउ पर्दै गए यो संख्या आउने दिनमा अघिल्लो वर्षको अझ बढी हुने छ । 
 
कागजात विहिनलाई पक्राउ प्रति आप्रावासी अधिकारसंग सम्बन्धित समूहले भने ट्रम्प प्रशासनको विरोध गरेको छ ।ट्रम्प सत्तामा आएपछि अमेरिकामा गैर कानुनी रूपमा सिमा क्षेत्रबाट प्रवेश गर्न खोज्दा पक्राउ पर्नेको संख्या भने इतिहासै न्यून विन्दुमा झरेको छ । 
 
भन्सार तथा सिमा सुरक्षावलले आर्थिक बर्ष २०१७ मा ३ लाख १० हजार ५३१ लाई पक्राउ गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २४ प्रतिशतले झरेको हो । यो संख्या सन् १९७१ यताकै सबैभन्दा कम हो । 
 
शरणार्थीका रूपमा अमेरिकामा प्रवेश पाउनेको संख्यामा पनि ट्रम्प आएयता निकै कम भएको छ । अक्टोबर र नोभेम्बर महिनामा जम्मा ३ हजार १०८ ले अमेरिकामा शरणार्थीका रूपमा प्रवेश पाए । यस अघिको अािर्थक बर्षमा यो संख्या १८ हजार ३ सय थियो । 
 
राष्ट्रपति ट्रम्पले अमेरिकाले स्विकार्ने शरणार्थीको संख्या साविकको १ लाख १० हजारवाट ४५ हजारमा सीमित गर्ने घोषणा गरेका थिए ।