मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी नागरिकलाई दिने भिसामा एकरुपता ल्याउन नेपाललाई अमेरिकाको अनुरोध

अमेरिकी नागरिकलाई दिने भिसामा एकरुपता ल्याउन नेपाललाई अमेरिकाको अनुरोध


हिमालयखवर संवाददाता 
अमेरिकाका नागरिक प्रति नेपालले लिदैं आएको भिसा नीतिमा परिवर्तन गरी एकरुपता कायम गर्न काठमाडौ स्थित अमेरिकी दुतावासले नेपाल सरकारसंग अनुरोध गरेको छ । नेपालवाट प्रकाशित हुने अन्नपुर्ण दैनिक पत्रिकाका अनुसार नेपाल जाने अमेरिकी नागरिकलाई भिसामा लाग्ने शुल्क र वसाई अवधिमा सुधार गरी अमेरिकाले नेपाली नागरिकलाई दिए सरहको सुविधा दिन अमेरिकाले आग्रह गरेको हो । 
 
अमेरिकाले आग्रहलाई नेपालले स्विकार गरे नेपाल जाने अमेरिकी पर्यटक लगायत अमेरिकाको नागरिकता लिएका नेपालीलाई समेत फाइदा हुने छ । 
 
अमेरिकाले प्राय नेपाली भिसा आवेदकलाई एक सय १६० अमेरिकी डलर शुल्क लिएर पांच बर्षको मल्टिपल भिसा जारी गर्दै आएको छ । भिसा लिएर अमेरिका आउनेले यहां प्रत्येक पटक आउंदा १ सय ८० दिन वस्न पाउंछन् । पांच बर्षसम्म यसरी ओहोर दोहोर गर्न सक्छन् । 
 
तर, नेपालले भने अमेरिकी नागरिकलाई यस भन्दा बढी शुल्क लिएर कम अवधिको भिसा जारी गर्दै आएको छ । 
यसवाट अमेरिकामा नागरिकता लिएर वस्ने नेपाली मर्कामा पर्दै आएका छन् । विदेशमा वस्ने नेपालीले एनआरएन कार्ड लिन सक्ने भएपनि यसको प्रकृया भने झन्झटिलो छ । यो कार्डका लागि पनि शुरुमा पांच सय डलर भन्दा वढी शुल्क वुझाउनु पर्छ ।
 
अहिले अमेरिकाको नागरिकता लिने नेपालीको संख्या वढीरहेको छ । यसरी अमेरिकी पासपोर्टमा नेपाल आउ जाउ गर्ने नेपालीको संख्या उल्लेख्य छ । सन् २०१६ मा मात्र करिव ५ हजार नेपालीले अमेरिकाको नागरिकता लिएका थिए । विगत १० बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीको संख्या करिव २५ हजार छ । नेपाली आमावावुवाट अमेरिकामा जन्मिएका सन्तानको संख्या पनि जोड्ने हो भने यो संख्या निकै वढ्छ । 
 
दुतावासको प्रस्ताव प्रति नेपाल सरकार सकरात्मक रहेको उक्त दैनिकले जनाएको छ । तर, नेपालले पनि शुल्क र वसाई अवधिमा एक रुपता ल्याउन शर्त भने राख्ने तयारी गरेको समाचारमा उल्लेख छ । नेपाल सरकारले भिसा पाएपछि मात्र नेपाली संग शुल्क लिन आग्रह गर्ने तयारी गरेको समाचारमा उल्लेख छ । नेपालले अमेरिकी नागरिकलाई सजिलै भिसा जारी गर्छ । तर, अमेरिकाको भिसा पाउन भने नेपालीलाई सजिलो छैन । धेरैको अस्विकृत हुने गरेको छ । अस्विकृत भएपनि भिसाका लागि तिरेको १६० डलर भने नेपालीले फिर्ता पाउंदैनन् ।