विचार / ब्लग

बिकासवादी भन्दा सपनावादीको मोडेलमा बिकेको राजनीति

208 पटक पढिएको

- बलायर “प्रत्याशी”

टेक्सस, अमेरिका | 3rd Dec 2017, Sunday | २०७४ मंसिर १७, आईतवार १९:५८
नेपाल सपनाको राजकुमारहरुको देश बनेकोछ । चुनावी राजकुमारले सित्तै सपनाहरु बाँडिरहेका रहेकाछन ।  जसको नत आय-श्रोत कै आधार छ नत पुरा गर्न सकिने रणनीती नै छ । यीनै आधार बिहीन योजनाले गाउँबस्तीको  मुहार एकाएक परिबर्तनको भान भइरहेको छ । सिटामोल नपुगेको गाउँहरु रातारात स्मार्टसिटी बन्दैछन ।  
 
यहाँ सपनाको जडसुत्रमा राज्यसत्ताको प्राप्तिलाइ राखिन्छ । हिजोका दिन हुर्मत लिईएकाहरु को कससंग कहिले सम्म रहने भन्ने पत्तै पाउन गाह्रो छ । यहाँ मिलन र बिछोड सत्त प्रप्तिमा केन्द्रित छ । सत्ता प्राप्तिको लागि बाँडिने सपनाहरुले सोझो समाजकालाई  गुमराहमा राखेकोछ । नेताहरु सपना देख्छन तर देशको हैसियत देख्दैनन । देखेका सपना पूरा गर्न चाहिने बित्तिय श्रोत देख्दैनन ।     
नेतृत्व पंक्ती सपना बाँड्ने मात्र नभई जिम्मेबार परिपक्व राजनेता बन्नबाट बिचलित छ । आफ्नो लागी कहिले राष्ट्रवादी पासा फाल्छन त कहिले समाजिक हल्लाहरु पिट्छन । यहाँ गिरिजा, गणेशमान र कृष्ण प्रसादको पार्टी प्रवेश देखि नित्तान्त ब्यक्तिगत मनगणन्ते भ्रमपूर्ण भाषण गर्न कसैले लाज मान्दैनन । 
 
यसको उच्चकोटीमा केपीबाद पर्छ । उनी चुनावी घोषणा-पत्रका कुरा भन्दा फरक शैलीमा बोल्न माहिर छन र ठाउँ परिबेश अनुसार पानीजहाजका, रेलगाडीका, अण्डरग्राउण्ड बाटो र स्मार्ट सिटीका कुरा गर्दै हिडछन । सपना देख्नु नराम्रो हैन तर सपना संगै हैसियत र यथार्थताको धरातल हेर्नु पर्छ । 
 
केपीबादका सपनाहरु गफै गफमा निस्कन्छन र बिलाउन्छन । उनकै पार्टीको “आफ्नो गाउँ आफै बनाउँ” भन्ने कार्यक्रम झट्ट हेर्दा नामैबाट ज्यादै राम्रो कार्यक्रम हो तर त्यस ताका कार्यान्वयन गर्ने क्रममा अनौपचारीका साक्षरताका कोटा देखि गाउस्तरका बिकासका कार्यक्रमहरु सवै कार्यकर्ताहरुलाई बाँडीयो जसको अहिलेसम्म जनतालाई भरपाई र प्रगती बुझाउन सकिएको छैन । यी सपनाका योजनाहरुले दिगो बिकास भन्दा कुनैबर्ग र एनजीयोबादलाई सहयोग गर्छ । 
 
चुनावी नाराको अर्को रोचक पक्ष नेताहरुले मन्च पायो की भाषणको सुआत गालीबाट गरेको पाईयो । धोषणा-पत्र त देखआउने दाँत जस्तै रहेछन । उदाहरणको रुपमा केपीले डडेल्धुरा पुग्दा देउवाको प्रगाति माग्छन । देउवाले एकतन्त्रीय शासनको कुरो उठाउन्छन । झापाली केपीले बाल्याबस्थामै देखेको मोटरबाटो, घर छेउको कलेज र बिधालय सम्मका आधारभूत बिकासका पूर्बाधारहरु डडेल्धुराले २०४६ पछि पनि देखेको थिएन । तर उनले डडेल्धुरालाइ झापाको  तुलनाको बिकासको रफ्तार हेरे । यहाव आफु सत्तामा रहदा नदेखेको चुनावमा सवैले देख्दा रहेछन । 
 
बिकासको रफ्तारलाई पुर्बसंग सुदूरको तुलना हुन सक्दैन । तर पश्चिम जाँदा केपीले त्यो खोजे । डडेल्धुरा पुगेर गर्जदै सुदूरको बिकासमा चासो देखाए । उनले कसैले नभाँचेको सिन्को आफू भाँच्ने प्रतिबध्दता देकाए । उनले सुदूरको आँकडा सतही रुपमा हेर्दे जाँदा झापाको माझी, झाँगर बस्तीको आँकडा बिर्से । । उनले धेरै पछि स्थापना भएको डडेल्धुरा क्याम्पस, ३० प्रतिशतबाट ८० प्रतिशतको हाराहारीमा पुगेको साक्षरता, गाउँघरमा पुगेको बाटो, बिजुली बिर्से । अन्जान वा कसैको बहकावमा डडेल्धुराको हिसाव मागे । 
 
अरुको आँङको जुम्रा पनि देख्ने ओलीले डडेल्धुरा र सुदूरको बिकासलाई झापासंग तुलना गर्न चुके । उनले भन्न सक्नु पर्थ्यो “मैले झापाको बिगतको मुहारलाइ यसरी फेरे र झापाको बिकासको मोडेल डडेलधुराले पनि यसरी सिक्नु पर्छ भनेर “। उनले सबैलाई चकित गर्नु पर्ने थियो, हिजोको झापालाई केपीले शिक्षा, स्वास्थ्य, ग्रामीण सडक, खानेपानी, कृषी आदी इत्यादीमा गरेका उपल्धीका वारेमा । तर यो ओलीवादको बिडम्पना नै हो जसले अरुलाई दोष दिंदै आफुमाथि हुन चाहन्छ । 
 
यी प्रश्नमा उनको दोष पनि म देख्दिन किन कि उनी केपी हुन र केपीबाद यस्तैबाट उठेको बिचार हो । यहाँ केपीलाई उदाहरणमा मात्र राखेको हो । अहिले नेपालमा कसैले सपना वाँड्न सकिएन भने पछाडी परिन्छ भनेर सवैले उनलाई पच्छाइ रहेका छन । यसैले केपीको नाममा कसैको चित्त दुखेको होला । मेरो चाहना कसैलाई चित्त दुखाउनु हैन । यसमा केवल केपी मात्र हैन धेरै केपीहरु र शेरबहादुर (शेब) मात्र हैन धेरै शेबहरुले सत्ताको नजिक रहेर होस या प्रतिपक्षको भाग खाएर होस विकासको मोडेल प्रस्तुत गर्नु भन्दा लान्छनाको मोडेल प्रस्तुत गर्दै आएकाछन । 
 
अरुको दोष देखाउनु र कसैमाथी ब्यङ्ग प्रहार गर्दै र दुईचारले ताली ठोकेको भरमा कुशलताको तक्मा लगाउनु नै अहिलेको नेपालको राजनैतिक संस्कार भएको छ । नेताहरुले सोझा जनतालाई हरेक पटक झुट माथी झूट थपिरहेका छन । हिजो सत्तामा होस या प्रतिपक्षका रहँदा राजदुत नियूक्ती देखि सभासदलाई न्यायधिस बनाउँदा सम्मका हिस्सेदारी बिर्सदै औला उठाउने राजनैतिक आदर्शबाट नेतृत्व डोरीएको छ । जसले समाजिक न्याय दिन सकेको छैन ।
 
नेपाल संसारको त्यस्तो अचम्मको देशमा पर्छ, जहाँ सत्त र प्रतिपक्षीले शासन संचालनमा समान अंशबंडा लिदै आएका छन । मात्रामा थोरै  र धेरै होला । तर सबैले  लिएकै छन । नराम्रो कामका लागी  चोखा कोहि छैनन तर जिम्मेवारी कसैले लिदैनन । बिचार र आदर्श भन्दा फगाउने र लोभ्याउने नीतिमा आधारित बादहरुका समाज घेरिएको छ । तर प्रजातन्त्रमा यसको अवसान जरुरी छ । जनताको चेतना स्तरसंगै यो एक दिन अवस्य हराउने छ ।  ढिलो र चाँडोको कुरा मात्र हो । 
 
नेपाल प्रजातान्त्रिक अभ्यासको खुड्किला पार गर्ने क्रममा छ । यस निर्वाचनले हार्ने र जित्ने दुबै पक्षले बिजय महसुस गराउन सकोस । प्रजातान्त्रिक समस्कार भित्र नै बैयक्तिक र राजनैतिक स्बतन्त्रताको कदर, कानुनी राज्य, मनतावाद, जनसहभागिता, अरुको बिचारलाई आदर गर्नु र हरेकले उत्तरदायित्व बोध गर्नु जस्ता बिशिष्ट गुण रहन्छन । यीनै गुणको परिपूर्तीका लागी कोरा नारा र बैयक्तिक लान्छना भन्दा माथी उठी सकरात्मक बन्दै सचेत नागरीकको भुमीका बाटै संधीय नेपालको बिकासको सूचक बन्न सक्छ । यसर्थ गाली र तालीको सपनावादी राजनिती भन्दा एक तह माथीको बिचार र बिकासवादी मोडेलमा आधरित एजेण्डालाऐ स्वीकार गर्ने समस्कार बिकास गर्दै सचेत बनि मतदान गरौ ।