विचार / ब्लग

अविजित: कविको एक उपन्यास

390 पटक पढिएको

डा. मुरली अधिकारी

ड्यालस, टेक्सस | 4th Dec 2017, Monday | २०७४ मंसिर १८, सोमबार १८:४८
विप्लव प्रतीक मूलत कवि हुन् । कविमा संवेदना र काव्यात्मकको सागर हुनुपर्दछ । काव्यको मधूरता एक शक्ति हो । यसले पाठकको आत्मालाई ऊर्जा दिन्छ । यही आशामा मैले लेखकको प्रथम उपन्यास ‘अविजित’ लाई नेपालबाट मगाएर पढेँ । 
 
हुन त यिनै कृतिलाई विभिन्न दृष्टिकोणहरु बाट हेर्न वा मूल्याङ्कन गर्न सकिन्छ । तैपनि एक सफल कृतिमा उपन्यासका पात्रहरु (अझ मुख्यतः मुख्य पात्र) जीवित झैँ बोलेको प्रतित हुन्छ वा हुनुपर्दछ । एक सफल लेखक पात्रहरुको चरित्रलाई काव्यात्मक जलप लगाई पाठकलाई बाधी राख्दछन् अनि हृदयलाई स्पर्श गर्दछन् । उपन्यासले स्पर्श  गर्यो, गरेन I  पाठकलाई छोयो– छोएनमा नै उपन्यासको सफलता–असफलता निर्भर गर्दछ । 
 
यो उपन्यासको केन्द्रीयपात्र नै ‘अभीजित’ हो । काठमाडौँको एकै सामान्य परिवारमा जन्मिएको अभीजित बालककालमा नै पिता गुमाउँदछ । परिवेशले आफ्नो आमा दोस्रो लोग्नेसँग हिँडेपछि भिनाजुको संरक्षणमा पुग्दछ अभिजित।
 
त्यसपछि अविजितको जीवनमा संसारका प्रायशसर मानिसहरूको जीवन झैँ अनेकन साना अनि ठुला घटना  जोडिन आइपुग्दछन् । जस्तै : तराईबाट भागेर काठमाडौँ आउनु, अनेकन राजनीतिक व्यक्तित्वहरुसँग परिचय भई चेतना जाग्नु, विवाह गरिसकेकी सुन्दरी सरीतासँग वैवाहिक जीवनमा बाँधिनु फेरि संगीता उसलाई छोडेर हिँड्नु, परिवेशले अनेकन प्रकारका जागीरहरु अपनाउनुपर्ने, दोस्रो विवाह, अन्ततः आन्दोलनमा गोली लागेर ईहलिला समाप्त गर्नु  ।
 
उपन्यासलाई सर्सती पढ्दा केन्द्रीय पात्र अविजित, साथीभाइहरुसँग रमाउने, रक्सीप्रेमी, अनि शनैस् शनस् रक्सीकै बसमा परि जीवन परिवेशसँग जुधिरहेको पात्र झैँ प्रतित हुन्छ । रक्सीकै कारण उसको जीवनमा यी परिवेशहरु जन्मिएका छन् किरु यी परिवेशहरुले नै उसको जीवनमा रक्सीलाई ल्यायोे ? यो मननीय छ । 
 
कि त जीवनलाई जितेका लक्ष्यपूर्ण महापुरुषहरुको जीवनअनूभूति सारपूर्ण हुन्छ । कि त जीवनमा परिवेशमा थिच्चिएर पात्रहरुको चिच्याहटमा जीवनका मर्महरु प्रतिबिम्बित हुन्छन् । यो अर्थमा यो उपन्यास सफल नै छ यो उपन्यासमा लेखकले कतै मुख्यपात्र मार्पmत उपन्यासलाई बढाउने क्रममा चित्रण गरेका प्रशस्त दर्शन, चिन्तन, प्रश्नहरूले पाठक हृदयलाई छोएका छन् । 
 
जीवनको उत्तरार्धमा जब अनेकन घटनाहरू अनि, परिवेशहरु हुँदै जीवन गुज्रीन थाल्दछ । अविजितको मनमा अनेकन दार्शनिक तर्कनाहरु उठ्दछन् ऊ बारम्बार स्वयम् लाई सोध्छ कि जीवन के हो ? के हो जीवन ? 
 
मलाई लाग्दछ उपन्यास स्वयम्ले, उपन्यासकै केन्द्रीय पात्र अविजित मार्फत् यसको उत्तर दिएका छन् । लाग्दछ, सम्पूर्ण (प्रायश?) मानिसहरूको जीवन अभीजितको जीवन झैँ बाँच्दै जाँदा भोग्नुपर्ने सानाठूला घटनाहरुसँग जोड वा श्रृंखला अनि ती घटना अनि परिवेशहरुमा जन्मिने दुख, सुख, प्रेम, यौन, घृणा, वैराग्य...अनेका भावनाहरुको जोड मात्र हो । यो भन्दा बढी यहाँ जीवन केही छैन । जहाँ जीवन परिवेश घटनाक्रमहरूबाट नियन्त्रित छ । जहाँ मुख्य पात्रको जीवन स्वयम्ले नभई समयले अनि नियतिले मात्र डोहोर्याएको छ । त्यहाँ मात्र घटनाहरू र परिवेशहरु पृथक् हुन सक्छ तर अभिजीतको जीवन नै प्रायसस् मानिसको जीवनको मुख्य प्रतिविम्ब बन्न पुग्दछ । 
 
 
पठनीयताको दृष्टिकोणले यो उपन्यास निकै उतारचढावपूर्ण छ । कतै उपन्यास यति सर्सति हिडेको छ कि बुझ्नुपर्ने गहिराई केही छैन । मात्र शब्द अनि अर्थ ग्रहण गरे पुग्दछ । फेरि कतै गहन, दर्शन, चिन्तन र प्रश्नहरुबाट उपन्यास गहन बनेको छ । जस्तै ।
 
  • गाँठो परेपछि सम्बन्ध पहिल्यै जस्तै रहन्न मानिसहरू बिच । तर  चंगा र लट्टाईको सम्बन्ध धागोेले जोडिन्छ । 
  • समयको साङ्लोमा बेरीएको मान्छे अडीन सम्भव छैन । 
  • के जीवन दर्शनको मन्थन घाटमा आएपछि मात्र हुने होरु 
  • मान्छे भएर जन्मेपछि जे पनि सहनुपर्छ । केही सहन सक्ने हुन्छन् कसैको असह्य पनि ।
  • चन्द्रमानको मधुर रोशनी रुखको हांगा पन्छाई जङ्गलभित्र छिर्दै थियो । 
  • समयको सन्दुसमा अविजितको लागि के के छ ? 
  • सोच्दा जीवन सजिलो थियो तर व्यवहारमा गाह्रो रहेछ ?
 
उपन्यासमा लेखकले प्रकृति सौन्दर्य, चरित्रवर्णन, मानवीय अनुभूतिलाई मीहिन रूपमा केलाउन खोजेका छन् । कविको रूपमा लेखक जगत सौन्दर्यबाट अभीभूत छ । नारी सौन्दर्यप्रति अनुरागी बनेका छन् । उपन्यासमा जताततै छरिएको सौन्दर्यका यी छिटाहरुले उपन्यासलाई  सुन्दरता थपेका छन् । 
 
त्यस्तै उपन्यासका धेरै पानाहरूमा लेखकले खसी, मासु अनि अनेकन खाद्य परिकारको ‘ठेट’ नेपाली नामहरुले भरेका नेपालीपना पनि थपेका छन् । उपन्यासका विभिन्न पात्रहरु मुख्यतः केन्द्रीय पात्रको चरित्र अनुकूल नै भएकोले यो पनि स्वाभाविक प्राकृतिक नै देखिन्छ । 
 
उपन्यासको अत्यन्तै असहज पक्ष यौन वर्णन हो । यौन र समागमको वर्णनमा लेखकले समय र शक्तिखर्च गरेर यो उपन्यासको सौन्दर्यलाई विगारेका छन् । न त उपन्यासको केन्द्रीय पात्र नै कुनै यौनप्रेमी, कामुक, नारीदेहप्रति आशक्त पात्र हो । न त जीवन र दर्शकको प्रश्नहरू उठाएर गम्भीर बनाउन खोजियकोे उपन्यासमा यौन कृत्त वर्णन नै न यो परिणाममा आवश्यक छ । न त बौद्धिक पाठक यौन वर्णनमा खासै रमाउँछन् ती त लेखकबाट गम्भीर चिन्तनको अपेक्षा गर्दछन् । 
 
यो हुँदाहुँदै पनि यो उपन्यास सुन्दर छ, पठनीय छ, मननिय छ । यो उपन्यासमा लेखकले जुन समय अनि शक्ती यो पुस्तक लेखनमा खर्चिएका छन् अनि जुन साधना गरिएको छ मात्र बुझिन्छ कि लेखन कठिन यात्रा हो । एक शक्तिशाली वाक्य पनि त्यति सहजै जन्मिदैन ।  जे हो लेखक विप्लपलाई साधुवाद, कविको यो उपन्यास लेखने प्रयासलाई नमन ।
अरू कृतिहरूको अपेक्षा सहित शूभकामना ।