मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेता गगन थापामाथि बम आक्रमण, पाँचजना घाइते

नेता गगन थापामाथि बम आक्रमण, पाँचजना घाइते


काठमाडौँ, १८ मंसिर– नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापामाथि बम आक्रमण भएको छ ।
 
काठमाडौँस्थित बुढानिलकण्ठ–२ मा घरदैलो अभियानमा व्यस्त रहेका नेता थापामाथि बेला बम प्रहार भएको हो । बम प्रहार गर्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले बताए । 
 
मुडवरीका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासि बम प्रहार भएको हो । बमको छर्रा लागेर थापा सामान्य घाइते भएका छन् । उनीसहित ५ जना घाइते भएका छन् ।
 
घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । बम प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । 
 
नेता थापामाथि लक्षित गरी प्रहार गरिएको बमले उनको कान र ढाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 
 
पछिल्लो समय उम्मेदवारमाथि लक्षित गरी बम आक्रमणका श्रृंखला जारी छ । विप्लव नेतृत्वको नेकपाले निर्वाचनका कार्यक्रम प्रभावित गर्ने गरी देशभर त्रासदि फैलाइरहेको छ । 
 
विप्लवका ३२ कार्यकर्ता पक्राउ 
 
बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विप्लव माओवादीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 
 
काठमाडौंको चपलीमा थापालाई लक्षित गरी गराइएको विष्फोटमा विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंकामा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ३२ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।