मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका विश्व आप्रवासन सम्झौताबाट बाहिर निस्क्यो

अमेरिका विश्व आप्रवासन सम्झौताबाट बाहिर निस्क्यो


न्यूयोर्क । अमेरिकाले आफु आप्रवासन सम्वन्धि विश्व सम्झौताको पक्षधर नरहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको छ । सम्झौताले राष्ट्रिय सार्वभौमिकतालाई वेवास्ता गरेको आरोप अमेरिकाको छ ।
 
गत वर्षदेखि अमेरिका ‘न्यूयोर्क डिक्लरेसन फर रेफुजी एण्ड माईग्रेन्ट्स’ को पक्ष राष्ट्र थियो । यो सम्झौताले आप्रवासीका अधिकार सुरक्षित गर्दै उनीहरुको पुर्नवास साथै शिक्षा र रोजगारीको अवशर प्रदान गर्दथ्यो । 
 
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आईतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसंघको कैयन सम्झौतामा हामी सहभागी भैरहँदा हामी साँचो मनले उक्त सम्झौतालाई सहयोग गर्न सक्दैनौ । किनकीः यसले अमेरिकाको आप्रवासी कानुन कार्यान्वयन र सीमा सुरक्षित राख्ने सार्वभौम अधिकारमा आघात पार्छ । 
 
अमेरिका आप्रवासन सम्वन्धमा अन्तिराष्ट्रिय मुध्दामा सहकार्य गर्नेछ, विज्ञप्तिमा भनिएको छ, तर सार्वभौम राष्ट्रको हैसियतमा आप्रवासनलाई सुरक्षित, व्यवस्थित र कानुनी बनाउने हाम्रो प्राथमिक दायित्व हो ।
 
अमेरिकाले लिइरहेको आप्रवासी नीतिसँग मेल नखाने भएकोले न्यूयोर्क डिक्लरेसन फर रेफुजी एण्ड माईग्रेन्ट्सबाट अमेरिका बाहिर निस्कन चाहेको जानकारी हिजो संयुक्त राष्ट्रसंघलाई दिईएको थियो । 
 
आप्रवासन र शरणार्थी मुद्दामा अमेरिकाको भूमिका विश्वमै नेतृत्वदायी छ, तर आप्रवासनको विश्व समुदायले लिएको दिशा अमेरिकाको सार्वभौमिकतासंग मेल खाँदैन, राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेइ्लीले भने । 
 
हेईलीका अनुसार, अमेरिकाका लागि आप्रवासन नीति अमेरिकाले नै बनाउने छ  भन्दै राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएका हुन । राष्ट्रपति ओबामाले आप्रवासन सम्वन्धि न्यूयोर्क डिक्लरेसन फर रेफुजी एण्ड माईग्रेन्ट्समा अमेरिकालाई गत वर्ष सहभागी बनाएका थिए । 
 
विश्वको कुनै पनि राष्ट्रले अन्तराष्ट्रिय आप्रवासन एक्लै व्यवस्थापन गर्न सक्दैन भन्दै राष्ट्रसंघले अमेरिकी निर्णयप्रति दुःख व्याक्त गरेको छ । 
आप्रवासन सम्वन्धि विश्व सम्मेलन सोमबारबाट मेक्सिकोमा सोमबारबाट सुरु हेदैछ ।  स्रोतः सिएनएन र एजेन्सीहरु
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।