मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा यःमरी पुन्ही मनाइयो

कोलोराडोमा यःमरी पुन्ही मनाइयो


कोलोराडो (अमेरिका)- यःमरी पुन्ही उपलक्ष्यमा कोलोराडोका नेवार समुदायले आइतबार एक कार्यक्रम आयोजना गरि मनाएका छन् ।
 
नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई यःमरी बनाएर खाई हर्षोल्लासका साथ यःमरी पुन्ही मनाएका हुन् । 
 
नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली घरका  पूर्व अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, एनआरएन नर्वेका संस्थापक अध्यक्ष तथा प्रध्यापक विशाल सिटौला, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, बोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साइका उपाध्यक्ष भुवन श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
 
आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थितलाई स्वागत गरेका थिए भने श्याम श्रेष्ठले कार्यक्रमको महत्त्व र यसको इतिहासका बारेमा मन्तव्य व्यक्त गरेका थिए । 
 
ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरूको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनी कत्तीका दानी रहेछन् भनी बु¤न दरिद्रको भेष गरी ती दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बडो श्रद्धा पूर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्त्व बताएछन् । 
 
नयाँ अन्न भित्राएपछि भकारीमा गणेश कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने विधि बताएर कुवेर अन्तध्र्यान भएछन् । त्यो दिन मङ्सिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि यःमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ । 
 
कार्यक्रमा बोल्दै प्राध्यापक विशाल सिटैेलाले मातृभूमिबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागी नेवारी समुदायले अयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गौरव महसुस भएको बताए ।  
 
कार्यक्रममा नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ओर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साइका उपाध्यक्ष भुवन श्रेष्ठ, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, बल्ड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य भुषणलाल श्रेष्ठ, लङ्गमण्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ,  लगायतका बक्ताहरुले मन्तव्य दिँदै नेःवा संस्कृति र परम्परा विशाल रहेको जसले नेपाललाई विश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तिकै जिम्मेवारी रहेको बताएका थिए । 
 
समारोहमा मोहन श्रेष्ठ र प्रमोद श्रेष्ठले नेवारी संस्कृति पहिचाहन गराउने धिमे बाजा बजाएका थिए । त्यसै गरी मनोज तुलाधरले नेवारी गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमका नेपाल संम्बतको क्यालेण्डर छाप्न विज्ञापन उपलब्ध गराउने दाताहरुलाई वयोवृद्ध बिष्णुभक्त श्रेष्ठबाट क्यालेण्डर हस्तान्तरण गरिएको थियो । कार्यक्रम लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।