मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा खर्च कटौति विधेयक पारित, ‘ठूला व्यापारीलाई मात्र फाइदा’

अमेरिकामा खर्च कटौति विधेयक पारित, ‘ठूला व्यापारीलाई मात्र फाइदा’


अमेरिका, मंसिर १६ । अमेरिकी सीनेटले खर्च कटौतिसम्बन्धि विधेयक पारित गरेको छ ।
 
अमेरिकी सीनेटमा खर्च कटौतिसम्बन्धि विधेयक पारित भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो ठूलो वैधानिक जित मानिएको छ ।
 
प्रस्ताव ४९ विरुद्ध ५१ मतले पारित भएको हो । सीनेटको म्यारथन सेसनमा यो विधेयकमाथि धेरै संशोधन प्रस्ताव पेश भएका थिए । ‘कर्पोरेशन ट्याक्स’मा भारी कटौतिको योजना रहेको छ ।
 
सीनेटको समितिले यसबाट थप १ ट्रिलियन डलर बजेट घाटा बढाउने निष्कर्ष निकालेको छ । गत महिना प्रतिनिधि सभामा यो विधेयक पारित भैसकेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानुनी मान्यता पाउने छ ।
 
विपक्षी डेमोक्र्याटहरुले विधयकले धनी र ठूला व्यापारीलाई मात्र फाइदा पुग्ने र व्यापार घाटा बढाउने भन्दै आलोचना गरेका छन् । तर, उनीहरुले विधेयक पास हुनबाट रोक्न भने सकेनन् ।
 
राष्ट्रपति ट्रम्पले यो वर्षको अन्तसम्म खर्च कटौति योजना लागु गराउन चाहेका छन् । यो खर्च कटौति सन् १९८० यता कै ठूलो मानिन्छ ।  एजेन्सी