मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दाल पकाउन जान्ने पहिलो अमेरिकी राष्ट्रपति मै हुँ-ओबामा

दाल पकाउन जान्ने पहिलो अमेरिकी राष्ट्रपति मै हुँ-ओबामा


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको प्रशंसा गरेका छन्।
 
नयाँ दिल्ली पुगेका ओबामाले हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीबारे सोधिएको एक प्रश्नमा सिंहको प्रशंसा गरेका हुन्।
 
प्रश्नोत्तर खण्डमा वरिष्ठ पत्रकार करण थापरको मोदी–ओबामा मित्रताबारे प्रश्न गरेका थिए।
 
‘म उहाँ (मोदी) लाई मन पराउँछु..’ केहीबेर अड्केर ओबामाले भने, ‘मलाई लाग्छ, उहाँसँग देशका लागि भिजन छ। कर्मचारीतन्त्रमा आधुनिकता ल्याउने केही प्रयास उहाँ गरिरहनुभएको छ। तर डा. मनमोहन सिंहसँग पनि मेरो राम्रो मित्रता थियो।’
 
‘२००८ को आर्थिक संकटका बेला सिंह हाम्रो प्रमुख साझेदार हुनुहुन्थ्यो। सिंहले देशको अर्थतन्त्रलाई आधुनिक बनाउन चालेको कदम आधुनिक भारतीय अर्थतन्त्रको आधार थियो,’ ओबामाले थपे।
 
ओबामाले प्रविधिको विकास र असत्य समाचारको विषयमा पनि आफ्नो विचार राखेका थिए।
 
‘फक्स न्युज हेर्ने र न्युयोर्क टाइम्स पढ्नेले बेग्लाबेग्लै स्थान ओगट्छन्,’ ओबामाले भने, ‘फक्स न्युज हेर्ने हो भने म आफैँलाई भोट हाल्दिनथेँ।’
 
उनले सो प्रश्नोत्तर सेसनमा दाल पकाउन जान्ने ‘पहिलो अमेरिकी राष्ट्रपति’ भएको पनि बताए।
 
ओबामाले अघिल्लो रात आफूलाई दाल पस्किँदै गर्दा वेटिङ स्टाफले त्यसको बारेमा बताउन थालेको पनि सम्झिए। तर दालबारे आफूलाई निकै पहिलेदेखि नै थाहा भएकोले बताउन जरुरी नभएको बताएको पनि खुलाए। ओबामाले आफू विद्यार्थी छँदा एक भारतीयसँग सँगै कोठामा बसेको र दाल पकाउन जानेको सम्झिए।
 
‘म निश्चय नै दाल बनाउन जान्ने पहिलो अमेरिकी राष्ट्रपति हुँ,’ ओबामाले ठट्यौलो पारामा भने, ‘म उत्तम किमा बनाउँछु… चिकेन ठिकठिकै पकाउँछु।’
 
दालबारे आफ्नो विशेषज्ञता सुनाइसकेपछि ओबामालाई चपातीबारे प्रश्न सोधिएको थियो।
 
‘अहँ म चपाती बनाउन सक्दिनँ। यो निकै गाह्रो छ,’ ओबामाले भने।
 
ओबामाले शुक्रबार नै प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका छन्। एजेन्सी