मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रवादीहरुको जीत आवश्यक – मन्त्री बस्नेत

लोकतन्त्रवादीहरुको जीत आवश्यक – मन्त्री बस्नेत


काठमाडौँ- गरिबी निवारण तथा सहकारी मन्त्री तथा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का लागि नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेतले मुलुकमा सर्वसत्तावाद लाद्ने योजना सहित अघि बढिरहेको वाम गठबन्धनलाई पराजित गर्न लोकतन्त्रवादीहरुको जीत आवश्यक रहेको बताउनु भएको छ । 
 
लोकतन्त्रवादीहरुको जीतका लागि नेपाली काँग्रेसलाई सबै तह र तप्काको सहयोग जरुरी भएको मन्त्री बस्नेतले बताउनुभयो । 
 
नेपाली काँग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीको पहलमा आयोजना गरिएको बृहत् महिला भेलालाई राजधानीमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको हरेक महत्त्वपूर्ण परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसका सबै उम्मेदवारहरुलाई आसन्न निर्वाचनमा अत्याधिक मत सहित विजयी गराउन आह्वान गर्नुभयो । 
 
झुटको राजनीति गर्न खप्पिस वामपन्थी दलहरूको औचित्य समाप्त भइसकेको मन्त्री बस्नेतले बताउनुभयो ।  भेलालाई सम्बोधन गर्दै प्रादेशिक उम्मेदवारद्धय छिरिङ दोर्जे लामा, विमल ठकुरी, नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज बानिँया लगायतले नेपाली काँग्रेस जितेमा मात्र लोकतन्त्रको जीत हुने धारणा राख्नुभयो । 
 
भेलामा नेविसंघ महामन्त्री सरोज थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, चर्चित कलाकार सन्दिप क्षेत्री लगायत सहित नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । 
 
नेपाली काँग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीले भेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काँग्रेसको जीतका लागि एक भएर लाग्न सबैलाई आह्वान गर्नुभयो । समाजसेवीका रूपमा समेत परिचित भण्डारी नेपाली काँग्रेसको जीतका लागि आफ्नो निर्वाचन क्षेत्र सहित देशभरका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुँदै आउनु भएको छ ।