मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माओवादीको लोभलालचमा नफस्न महतोको आग्रह

माओवादीको लोभलालचमा नफस्न महतोको आग्रह


भरतपुर– नेपाली काँग्रेसका युवा नेता तथा लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार साजन महतोले माओवादीका नेता तथा कार्यकर्तासँग सर्तक रहन आग्रह गरेका छन् । 
 
बिहीबार भरतपुर महानगरपालिका वडा नं २३ र २५ मा भएको कोणसभामा बोल्दै उम्मेदवार महतोले निर्वाचन नजिकिँदै गर्दा माओवादीले लोभलालच देखाउन सक्ने भएकाले लोभलालचमा नफस्न आग्रह गरे । उनले भने– ‘माओवादीले पैसाको लोभ देखाउन सक्छ, तपाईंहरु सचेत रहनुहोस् भोलि भविष्य बर्बाद हुन सक्छ ।’ 
 
उम्मेदवार महतोले आज लोभलालचमा फस्दा भोलिका सन्ततिले दुःख पाउने भन्दै अहिले नै सचेत भएर विकासप्रेमी नेताहरुलाई जिताउन आग्रह गरे । उनले तीव्र विकास निर्माण र सुख, दुःखमा साथ दिनका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे । 
 
चितवन क्षेत्र नं ३ को विकासका लागि आफूहरुको उम्मेदवारी रहेको भन्दै महतोले विजयीपश्चात् यहाँको विकास निर्माणले तीव्रता पाउने बताए । 
 
कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार तथा वनमन्त्री विक्रम पाण्डेले चितवन क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाइने बताए । यहाँको हरेक सडक पिच गराउनुको साथै विकास निर्माणलाई तीव्रता दिइने उनको भनाइ थियो । 
 
बिहीबार चितवन क्षेत्र नं ३ अन्तर्गत लोकतान्त्रिक गठबन्धनको भरतपुर–२३, नयाँबस्ती, भरतपुर–२५ का स्थानहरुमा घरदैलो तथा कोणसभा कार्यक्रमहरु भएका छन् । बिहीबरको कोणसभामा स्थानीयवासीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा काँग्रेसका निवर्तमान सांसद रामकृष्ण घिमिरे, पूर्व जिल्ला सभापति टेकप्रसाद गुरूङ, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतका नेताहरुले बोलेका थिए ।