मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘नयाँ क्षेप्यास्त्र अमेरिकाको जुनसुकै ठाउँमा पुग्नसक्छ’

‘नयाँ क्षेप्यास्त्र अमेरिकाको जुनसुकै ठाउँमा पुग्नसक्छ’


 

एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ।

'सी अफ जापान'मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन्।

दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एशिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको ठानिएको छ।

विगतमा प्योङयाङले 'आगो र क्रोध'को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ," भनेका छन्।

परीक्षण

पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ।

राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरु बताउँछन्।

उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झण्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रहारको एउटा सैन्य अभ्यास गरेर आफ्नोतर्फबाट प्रतिक्रिया जनाएको थियो।

तत्कालै अमेरिकी अधिकारीहरुले अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र प्रयोग गरिएको टिप्पणी गरेको थियो।

सर्वाधिक उचाइ

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उक्त क्षेप्यास्त्र विगतका उत्तर कोरियाली क्षेप्यास्त्रहरुमध्ये सबैभन्दा बढी उचाइ अर्थात ४,५०० किलोमिटर माथि पुगेको जनाए।

 

 

 

उत्तर कोरिया

तस्वीर कपीराइट

REUTERS

यो सँगै पहिलो पटक क्षेप्यास्त्र विज्ञहरुले उत्तर कोरियाले अमेरिकी मूलभूमिको अधिकांश हिस्सामा प्रहार गर्नसक्ने क्षेप्यास्त्र विकास गरेको विश्वास गरेका छन्।

उत्तर कोरियाद्वारा 'बलिस्टिक क्षेप्यास्त्र प्रहार'

उत्तर कोरिया ‘आतंकवाद प्रायोजन गर्ने राज्य’

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

सोलमा दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले देशको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक डाकेका छन् र प्योङयाङले सैन्य 'उन्माद नत्याग्दासम्म' उत्तरसँग शान्ति कायम हुन नसक्ने धारणा राखेका छन्।

 

 

 

नक्सा

यसअघि एक दिनअघि मात्रै दक्षिण कोरियाली अधिकारीहरुले सीमापार उत्तरतिरु सैन्य गतिविधिका संकेतहरु देखिएको बताएका थिए।

कैयौँ विज्ञहरुले उत्तर कोरियालाई आफ्नो परमाणविक कार्यक्रम पूरा गर्न अझै दुईदेखि तीन वर्ष लाग्न सक्ने बताउने गरेका छन्।

समाधान

तर दक्षिण कोरियाका एकजना मन्त्रीले त्यो भन्दा धेरै चाँडो करिब अर्को वर्षको अन्त्यसम्ममा नै उत्तरले त्यस्तो क्षमता विकास गरिसक्ने धारणा राखेका छन्।

उत्तर कोरियाले पनि अपेक्षा गरे भन्दा द्रुत गतिमा आफ्नो परमाणविक क्षमता विकास भइरहेको बताउने गरेको छ।

 

 

 

उत्तर कोरिया

तस्वीर कपीराइट

REUTERS

यो अढाइ महिना यता उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र प्रहार हो।

आतंकवादलाई प्रायोजन गर्ने राज्यका रुपमा ट्रम्प प्रशासनले उत्तर कोरियालाई सूचीकृत गर्दै ताजा प्रतिबन्ध लगाएको करिब एक हप्तापछि पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको हो।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन कूटनीतिक माध्यमबाट अझै पनि प्योङयाङको महत्त्वांकाक्षाको समाधान खोज्न सकिने बताएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उक्त परीक्षणलाई 'असहिष्णु र हिंसात्मक' भनेका छन्।

जापानको अनुरोधमा सो क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बुधवार बस्दैछ।बिबिसी नेपालीबाट