मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बस त्रिशूली नदीमा खस्दा आठ जनाकोे मृत्यु

बस त्रिशूली नदीमा खस्दा आठ जनाकोे मृत्यु


फिस्लिङ, चितवन– काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रुवाहक बस चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने फिस्लिङस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।
 
मृतकमध्ये नवलपरासीका सात जनाकोे सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । 
 
लु २ ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे सडकबाट ४० फिट तल त्रिशूलीमा नदीमा खसेको मुग्लिन प्रहरीले जनाएको छ । 
 
त्रिशूली नदीमा सबैभाग डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । 
 
दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यका अनुसार आठ जनाको हालसम्म शव फेला परेकोे छ ।
 
दुर्घटनालगत्तै अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, यातायात मजदूर तथा स्थानीयवासी उद्धार कार्यमा जुटेका थिए । घाइतेहरुको चितवनस्थित भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।