मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सगुनको शेयरका जोखिम

सगुनको शेयरका जोखिम


हिमालयखवर संवाददाता
अमेरिका- सोसियल नेटवर्क र भविष्यमा ठुलो कम्पनी बन्ने दाबी गर्दै सगुनले केही समय अघि देखी देशमा लगानीगर्न आवह्ँन गरिहेकोे छ । समाजिक सञ्जालमा यस्तै आशयका विज्ञापन देखिन्छन् । केहीले समाजिक सञ्जालमा सगुनमा लगानी गर्न हुन्छ हुदैंन भनेर प्रश्न समेत उठाएका छन् । 
 
कुनै पनि शेयरमा लगानी आफैँमा जोखिम हो । यसमा पनि सगुनमा लगानी निकै उच्च जोखिम युक्त छ । सगुनले शेयर लगानीकर्ताका लागि राखेको विवरण पढ्ने हो भने पनि यो शेयरमा लगानी निकै जोखिम छ, भन्ने देखिन्छ । तुलनात्मक रूपमा नयाँ कम्पनी हो, निकट भविष्यमा लाभांश दिने कुनै सम्भावना छैन सुगनले शेयर लगानीकर्ताको प्रयोजनका लागि राखेको विवरणमा भनेको छ । 
 
यो संसारको कुनै स्टक एक्स्जेञ्जमा सुचिकृत भई नियमित कारोबार हुने साधारण शेयर पनि होइन । कम्पनीले ल्याउन खाजेका उत्पादनहरू बजारमा आए, उपभोक्ताले मन पराएभने मात्र नाफा हुने, र यसवेला व्यवस्थापनले चाहे अन्य शेयर जस्तै स्टकमा सुचिकृत हुने सम्भावना रहन्छ । 
 
सगुनले करिब एकबर्ष पनि अमेरिकाको जब एक्ट अनुसार शेयर बजारमा ल्याएको थियो । त्यसैले यो अरू जस्तो स्टक बजारमा कारोबार भईहाल्ने शेयर होइन । यो शेयर उच्च जोखिम युक्त भएकाले कसैलेपनि आम्दानीको १० प्रतिशत मात्र लगानी गर्न सक्ने प्रावधान राखिएको छ । 
 
अहिलेसम्म सगुनले कुनै आम्दानी प्राप्त गरेको छैन भविष्यमा गर्छ भन्नेपनि कुनै ग्यारेण्टी छैन सुगनले शेयर विक्रीका लागि सार्वजनिक गरेको दस्ताबेजमा भनिएको छ यसका सबैभन्दा बढी उपभोगकर्ता नेपालमा छन् त्यस पछि भारत र अमेरिकामा रहेका छन् । 
 
सगुनले विदेशमा बस्ने नेपालीलाई भवानात्मक रूपमा यो शेयरमा लगानी गर्न आग्रह गरिरहेको छ । लगानी नाफाका लागि गरिन्छ । भानात्मक रूपमा लगानी गरिदैंन । यसरी गरिन्छ भने यो व्यावसायिक पनि होइन । 
 
नेपालका लागि भनेर जुन प्रकारले सगुनले प्रचार गरिरहेको छ, यो भने त्रुटी पूर्ण हो । यस अघिको निष्कासनमै कम विकेर यो सफल भइसकेको प्रयोग हो । सगुनलाई अगाडी बढ्न लगानी चाहिएको छ, यो नेपालीले नै गर्नु पर्छ भन्ने होइन । सगुनले विदेशीको पैसा पाउंछ भने यो अझ फाइदाजनक हो । नोक्सान भएमा कम नेपालीले गुमाउंछन् ।
 
झण्डै एक वर्ष अघिपनि सगुनले यसरीले शेयर विक्री गरेको थियो । तर, माग गरेको तुलनामा निकै न्यून पैसा उठेपछि पुन अहिले निष्कासन गरेको हो । 
 
 
नेपाल, भारत र अमेरिकामा कार्यालय रहेको र ४० जना कर्मचारी रहेको सगुनले दाबी गरेको छ । अहिलेको निष्काशनवाट २ करोड डलर अर्थात् करिब २ अर्ब नेपाली रुपैंया उठाउने यसको लक्ष्य छ । सगुनले गत वर्ष रिसर्चमा भएको खर्च घटेको तर, मार्केटिगं लगायत अन्य सञ्चालन खर्च भने बढेको जनाएको छ । यो पनि अर्को नकरात्मक पक्ष हो ।फोटो: सामाजिक संजाल 
 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।