मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली काँग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी

नेपाली काँग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी


नुवाकोट, ७ मंसिर I नेपाली काँग्रेसका नेता एवं वरिष्ठ उद्यमी विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली काँग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गर्नु भएको   छ । बिहीबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भव नहुने बताउनु भयो । 
 
‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौँ भन्नुहुदै अध्यक्ष चौधरीले आर्थिक विकासका लागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसका लागि यस पटक काँग्रेसलाई बहुमत दिन उहाँले आग्रह गर्नुभयो । 
 
‘तपाईहरू नेपाली काँग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आम मतदाताहरूलाई आव्हान गर्नुभयो, ‘राजनीतिक स्थिरता भयो भने नेपाल पनि चिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’
 
नेपाली काँग्रेसको चुनावी दौडाहामा रहनु भएका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि बिहीबार नुवाकोटका काँग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुग्नु भएको हो । 
 
‘२०४८ सालमा नेपाली काँग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्त अभियानलाई सफल बनाउन काँग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भन्नुभयो– यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रम मात्रै हो । 
 
आज प्रत्येक नेपालीको हातमा मोबाइल फोन छन् । दुई तिहाई जनसङ्ख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरू काँग्रेसले लिएको उदारीकरणकै सकारात्मक नतिजा रहेको पनि उहाँले बताउनुभयो । तर, विकास अभियानलाई तीव्र गतिमा दौडाउनुको विकल्प नरहेकोमा जोड दिँदै उहाँले त्यसकै लागि आफूले काँग्रेस पार्टी रोजेको पनि बताउनुभयो । 
 
नेपालको आर्थिक समृद्धिको अभियानमा आफूले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उहाँले बताउनुभयो । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासका लागि उपयोग गर्नु आवश्यक छ । उनीहरूले विदेशमा आर्जन गरेको विकासको अनुभवलाई यहाँ कार्यान्वयन गर्ने वातावरण मिलाउनुपर्छ, चौधरीले भन्नुभयो ।    
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।