विचार / ब्लग

प्रचण्डलाइ प्रकाशको आत्माको पत्र

896 पटक पढिएको

- रिजा काफ्ले पनेरू

हिमालयखबर | 26th Nov 2017, Sunday | २०७४ मंसिर १०, आईतवार १५:००
प्यारो बुबा,
सबैभन्दा पहिला त म हजुरसामु माफी चाहन्छु । नजिकिदै गरेको चुनाबी तालिकाको सकिनसकि अनुकुल  मिलाउँदै हुनुहुन्थ्यो । त्यसैबीचमा मैले हजुरलाई शोकमा डुबाएर चटक्कै छोडेर हिड्नुपर्यो। 
 
निरन्तर चलिरहेको हजुरको तालिका त्यससँगै अवरूध्द हुनपुग्यो । अझ भन्नुपर्दा  परम्परागत हिन्दु संस्कारलाई हुबहु रुपमा हामीले मानिरहेको अवस्था हुन्थ्यो भने हजुरले टाउको मुन्डन  गरेर १३ दिन किरिया बस्नुपर्ने अवस्था हुन्थ्यो यतिखेर । 
 
यस बिषयमा हामीले कहिले पनि छलफल गरेका  पनि थिएनाै कि हाम्रो परिवारमा कालले यति चाँडै पाहिला राख्ला भनेर हजुरले त्यसको पर्वाह नगर्ने भएकोले झन्झट कम भएको मैले यहीबाट हेरिरहेको छु । 
 
बुबा, चुनाब नजिकै आइसक्यो । मैले हजुरलाई यस्तो समयमा सहयोग गर्न सकिन । उल्टो शोकमा डुबाएर हिड्नुपर्यो । सबै ठाउँमा पुग्न सहज भएन भने नेपाली जनतालाई आजै नै भनिदिनुस कि मलाई यस्तो अवस्था आइलाग्यो । मेरा पार्टीका अन्य साथीहरुको उपस्थितिले मेरै उपस्थिति सम्झिदिनु होला । 
 
बुबा यसरी नेपाली जनतालाई बचन दिदा साँचैनै मनबाट  दिनुहोला । अब व्यक्तिलाई र कुनै एक पार्टीलाई भन्दा पनि देश बिकाश गर्नेलाई भोट दिन चाहन्छन् नेपाली जनता । 
 
बिन्ति छ बुबा, साँच्चै भनिदिनुस मनबाटै भनिदिनुस । झुटा नबोल्नुस,  नेपाली सोझा जनतासँग तर पुत्रबियोग लाई छताछुल्ल बनाएको निहुमा मात्र अब हजुरलाई विस्वास गर्न नसकिने गाइगुइ गर्दैछन ।
 
खै जनताले नेताको मर्म बुझ्दै नेताले जनताको मर्म बुझे यो कुरामा म पनि अलमलमा छु । अब बाँकी जिन्दगीमा सम्पतिको लोभलालचामा लागेर अनैतिक सम्पति कुम्ल्याउने तर्फ लाग्नु हुने छैन भन्ने मेरो विश्वास छ । किनकी, अब हजुरले कसका लागि सम्पत्ति जम्मा गर्नुछ र ? म नै नभएपछि हजुरको सम्पत्तिको कुनै काम छैन । 
 
पहिले पहिले चुनाब जित्नको लागि गरिएका जबरजस्ती र असंख्य झुठहरू बोल्नुहुनेछैछ । अस्पताल बनाउँछु भनेको ठाउँ मा अस्पताल बनाउनु हुनेछ । पूल दिन्छु  भनेको ठाउमा साँचै नै पुल हाल्नुहुनेछ । सडक सुबिधा भनेको ठाउँमा सडक पुराउनुहुनेछ । हेर्नुस न म एक सम्पन्नशालीको पिताको छोरो जहाँ सबै चिजको सुबिधा थियो । 
 
यति  हुँदाहुँदै पनि अस्पताल समयमा जान नपाइ अर्धबैसे जवानी म चटेकै संसार छोडेर हिड्नुपर्यो । मैले केहि संकेत नै पाइन । खै को आएर मलाई आमाको काखबाट टपक्कै टिपेर यहाँ ल्यायो । सम्झिनुस त ती रुकुम, रोल्पा, कर्णाली जस्ता बिकट ठाउँहरुमा अलिअलि  भएका पूर्वाधारहरु पनि जनयुध्दको  नाममा हामीले नै नष्ट गरेको हजुरलाई पनि झल्झली याद हुनुपर्ने ।
 
 त्यहाँ कति कुराको आवश्यकता छ ? कति निर्दोष प्रकाश र ज्ञानु बेलैमा उपचार नपाएर मरेका छन् । गर्भावस्थामा शिशुको जन्म दिन नसकेर धेरै  नेपाली चेलीहरु मरिरहेका छन् । घाटी सुकाएर चर्का भाषण गरिरहदा झुट्टा कार्यनीतिहरू प्रस्तुत गर्नुहुने छैन । त्यहाँ कति निर्दोष प्रकाश र ज्ञानु बेलैमा उपचार नपाएर मरेका छन्, आज त्यो घरमा मेरो र दिदीको अभाव जसरी खड्किरहेको छ सबैका बाबु आमालाई त्यस्तै होइन र ? 
 
मेरी आमालाई दिदीले दिएको पिडा बिर्सिन नपाउदै  मैले मुटुमा  झन् अर्को घाउ बनाएर हिडे । भान्जाभान्जीहरु, दिदीहरु, मामाहरु, मेरा दुइ पत्नीहरू अनि मेरा दुइ नाबालक छोराहरु जसले बाबा कहाँ गयो भन्ने सम्म पनि चाल  पाएका छैनन् । 
 
तिनीहरुलाई भनिदिनुस कि अब मेरो चिन्ता लिएर म फर्केर आउने होइन, शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ । आज हजुरहरुलाई परेको जस्तो पीडा धेरै नेपाली हरुको घरमा प्रत्येक दिन  पर्ने गरेको छ । त्यस्तै यसपाली चुनाब जित्नको लागि मात्र  नभएर साँच्चिकै काम गर्ने प्रण गर्नुहोस । मनैदेखि गर्नुहोस बुबा, नत्र हामीलाई  नेपाली जनताको आँशुले पोल्नेछ । 
 
 हजुरलाई थाहै छ बुबा । हजुर शिक्षक हुँदा दिदीहरु र मलाई हातमा समातेर स्कुल लैजानुहुन्थ्यो । कति आनन्द आउँथ्यो त्यसबेला । तर अचानक हजुरले शिक्षकको जागिर छोडेर अचानक के निर्णय लिनुभयो । जनयुध्दमा  हुम्मिने निर्णय लिनुभयो । मैले खासै केहि बुझेको  थिएन, बुबा बेला भएको पनि  कहाँ भएको थियो र ? 
वालापन छोडेर भर्खर युवावस्थामा प्रवेश मात्र गरेको थिए, मधुरो जुँगाको रेखी देखिन  मात्र लागेका थिए । 
 
म हजुरको पछिपछि लागे । जहाँ हजुरले लैजानुहुन्छ त्यहीत्यही हिडीरहे । अरु सिपाही जस्तो हजुरको इशारामा गोडाफाट, सतर्क  गरिरहे ।  हजुरलाई अहिलेसम्म पनि भन्न पाएको थिएन । जंगलमा हिड्ने क्रममा मेरो खुट्टाका नंगहरू ढुंगामा ठोकिएर पिल्सिएका थिए । रगत आएका थिए । तर मैले हजुरसँग कहिल्यै गुनासो गरिन । साथीहरुले सिकाएको भरमा जंगलमा भेटिएका  जडिबुटीका फिज निचोरेर दलिरहे । हजुरलाई कहिल्यै सुनाइन मैले । 
 
तर त्यो एक दिन आयो । हामी जंगलबाट बस्तीतिर अाउन पाउने अवस्था आयो । देशले एउटा कोल्टो फेर्यो, अनि हामीले जीवनको सुख भोग गर्न पायौ । अझ भनौ बिलासिताको जिन्दगि जीउन पायौँ । कहिल्यै नलगाएको लगाउन पायाँै । कहिलै नखाएको खान पायौ, खानपानमा मैले खासै विचार पनि गरिन । कतिपय जानेर कतिपय नजानेर गल्ति गरे । तर आज स्वास्थ्य सम्बन्धि जानकारी रेडियो, पत्रपत्रिका, टेलिभिजनले फुकेको म हेर्न चाहन्छु । प्रत्येक जनतालाई स्वास्थ्य सम्बन्धि जानकारी भएको म हेर्नु चाहन्छु बुबा।
 
आमा लाई  पनि  माफी मागेको छ भनेर सुनाइदिनु। दिदीले पिडा दिएको घाउ पुरिन नपाउँदै मैले अर्को घाउ बनाएर हिडे । मलाई खाउँखाउँ, लाउँलाउँ भन्ने उमेरमै टपक्क  टिपेर लग्यो । कहिल्यै नफर्कैदिने गरि, म एक्लै भएको बेला कसैले नदेखिने गरि, दिदीहरु अनि भन्जाभान्जीहरुलाई पनि मेरो पिर नलिन भनिदिनु।
 
अनि मेरा दुइ श्रीमतीहरुलाई भनिदिनुस कि मेरो आब धेरै चिन्ता लिएर म फर्किएर आउन सक्दिन, श्रीजनासँग त दुइवटा माफी माग्दैछु । एउ्टा जीवन साथीबाट पर भएको र अर्को जीवनबाटै भागेर टाढा आएकोमा  तिम्रो लागि साचिकै धोकेबाब सावित भएको छु । 
 
बिना, तिमीलाई पनि कति पिर परेको छ है ? मलाई औधि माया गर्थ्याै ? अब शोकलाई शक्ति्मा बदल तिमीहरुले । नेपाली जनताको ऋण खाएर म हिडेको छु । त्यसको ऋण तिमीहरुले चुक्ता गरिदिनु। श्रीमती मरेको अवस्थामा घाट बाटै अर्को जीवनसाथी को खोजि गरिदिने मेरो समाज मा मरेको श्रीमान को नाममा ती कलिला उमेरका मेरा श्रीमतीले बिधवा भएर सारा जिन्दिगी जिउनु पर्ने कुनै धर्मग्रन्थ, नीतिशास्त्रमा भएको मैले भेटेको  छैन । 
 
त्यसैले बुबा यदी उनीहरु राजी हुन्छन भने समजदार जीवनसाथी खोजेर बुहारीहरूको कन्यादान गरेर एक उदाहरण प्रस्तुत गर्नुहोस । अब साचिकै हजुरले राम्रो काम गर्नु जरुरि छ, उदाहरण बन्न जरुरी छ।
 
अनि मेरा कलिला छोराहरुलाई ठुलो र धनी मान्छे होइन असल मान्छे बनेको हेर्न चाहन्छु म । तिनीहरुलाई राम्रो शिक्षादिक्षा, स्वास्थ्य, लालनपालन, र मनोरंजन को बाताबरण मिलैदिनुस, मेरो छोराहरु  जुन क्षेत्र को काम गर्न चाहनछन् तेस्मा निस्वार्थ लागिरहुन, देश र जनता लाई माया गर्ने असल युवा बन्न सकुन, डाक्टर भने बिकटका कुना र कन्दरामा पुगेर सेवा दिन सकुन, इन्जिनियर  बने भने पनि बिकट र ग्रामिण भाग मा गएर काम गर्ने इच्छा राखुन्, मास्टर भए भने पनि गरिब र बिकटका छोराछोरीलाई शिक्षित बनाउन सकुन ।
 
यो म हेर्न चाहन्न कि  प्रचण्डको नाती भएको, प्रकाशको छोरो भएकै भरमा राजधानी र सुगमको सरुवाको सिफारिस  गरुन। उनीहरुलाई युरोप र अमेरिकाको भौतिक सुखले आकर्षण नगरोस् ।  त्यसबेला  सम्ममा  मेरै देश सम्पन्न बन्न सकोस र मेरा छोराहरु मेरै देशको माटो मा पसिना बगाउन। 
      
मलाई समबेदना प्रकट गर्ने क्रममा कतिपयले १७ हजारलाई मारेको पाप धुरीबाट कराएको हो भनेर भनेको पनि मैले विभिन्न सामाजिक संजालहरुमा देखेको छु । 
 
त्यसैले अब कसैको दुखमा पनि मानिसहरुले त्यसरी गाली गरेको देख्न नपरोस ।  १७ हजारको चोट बिर्साउने गरि तीन करोड  जनताको शिक्षा, स्वास्थ्य, समृध्दि र रोजगारीमा सहयोग गर्न सक्नुहोस । बुवा, यो हजुरले मात्र सम्भव छैन । सबै पार्टीसँग सहकार्य गरेर अगाडी बढ्ने जमर्को गर्नुस र देश विकास को लागि छुट्याएको बजेट पुर्ण रुपमा सदुपयोग गर्नुस अनि मात्र देश ले एउटा निकास पाउनेछ।
 
अन्तिम्मा बुबा कति लेखौ । मानिस मरे पनि आत्मा कहिलै मर्दैन भन्ने बिस्वास सबैमा हुन्छ । त्योआत्मा सत्य मात्र बोल्छ, । प्रत्येक नेपाली, प्रत्येक नेता, कर्मचारीको आत्माले मैले देशलाई घात गरिरहेको छु । या देशको उन्नति को लागि सहयोग गरिरहेको छु भन्ने कुरा मनन गर्नुपर्ने बेला आएको छ । 
 
हजुरको पुत्र प्रकाश पनि आज आत्मामा मात्र सिमित भएको छ ।  यो एक सच्चा नेपालीको आत्मा बोलिरहेको हो । म यहाँबाट हेरिरहने छु । मैले प्रस्तुत गरेका इच्छाहरु पुरा गर्दै जानुभयो भने मेरो आत्मा ले शान्ति पाउनेछ ।
 
हजुरको प्यारो पुत्र
प्रकाश
परलोकबाट
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।