मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालद्वारा चीन ५० रनले पराजित

नेपालद्वारा चीन ५० रनले पराजित


 आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । 
 
थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । 
 
नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन । 
 
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् । 
 
बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको चीनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए । बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन/तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन् ।