मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?


१० मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा सर्वसाधारण मात्रै हाेइन,  राजनीतिक दलका शीर्ष नेताहरु समेत मतदाता छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले आफूलाई मत दिने छैनन् ।
 
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दैछन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ ।
 
भट्टराईसँग चुनावी प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि पहिलो चरणकै चुनावमा मतदान गर्ने नेतामा पर्छन् । उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
 
एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रतिनिधिसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ । उनले अाफ्नाे मत यही केन्द्रकाे मतपेटिकामा खसाल्ने छन् ।
 
पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्दनमूना उमावि हो । उनले यहीबाट मतदान गर्नेछन् ।
 
कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैछन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले पनि आज मतदान गर्दैछन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका–९ मा छ । उनको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैछन् । अनलाईखबर बाट