मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी उपभोक्ताले शुक्रवार २४ घण्टामा ५ अर्ब डलर खर्च गरे

अमेरिकी उपभोक्ताले शुक्रवार २४ घण्टामा ५ अर्ब डलर खर्च गरे


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा उपभोग्य वस्तु बजार तात्ने दिन व्ल्याक फ्राईडे, डिजिटल खरिद विक्रीको दिन जस्तै भयो । गत शुक्रवार व्लायक फ्राइडेका दिन अमेरिकी उपभोक्ताले ५ अर्ब डलर समान किन्न खर्च गरे । तर, पराम्परागत जस्तो पैदल स्टोरमा गएर लाइन लागेर होइन घरमै बसेर अनलाइन मार्फत अधिकांशले समान किने  र व्ल्याक फ्राईडेको फाइदा उठाए । 
 
शुक्रवार अमेरिकी उपभोक्ताले २४ घण्टामा खर्च गरेको ५ अर्ब डलर गत वर्ष सर्न २०१६ को भन्दा करिब १७ प्रतिशतले बढी रहेको सञ्चार संस्था सीएनएनले जनाएको छ ।   यस मध्ये ८० प्रतिशत व्यापार भने अनलाइन मार्फतनै भएको जनाइएको छ ।
 
डिजिटल माध्यम अर्थात् अनलाइन मार्फत समान विक्री गर्ने मुख्य कम्पनी एमाजोनका लागि शुक्रवार पैसा बनाउने दिन बन्यो । यो कम्पनीका मालिक जेफ बेजोस्को सम्पत्ति १०० अर्ब डलर नाघेको छ ।
 
उनी अहिले विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । १२ अकंअर्थात १०० अर्ब डलरको सम्पत्ति अहिलेसम्म कसैको पनि पुगेको थिएन ।
 
तपाईँ ब्ल्याक फ्राईडेमा एमाजोन मार्फत समान किन्ने १० लाख मध्ये एक हुनुहुन्छ भने एमाजोनका मालिकलाई थप धनी बनाउने मद्दत गर्नु भएको छ ।  शुक्रवारको माग रेकर्ड तहमा रहेको एमाजोनले जनाएको छ । करिब ५ घण्टा भित्र २ लाख भन्दा बढी खेलौनाको माग भएको एमाजोनले जनाएको छ । तर, कुल कतिको समान किन वेच भएको यो तथ्याङ्क भने एमाजोनले दिएको छैन ।
 
उपभोक्ताले रकर्ड नम्बरमा समान किने पनि स्टोरमा जानेको संख्यापनि घटेको छ । विशेष गरी मेसीज्, जेसीपेनी, ग्याप र सियस् जस्तो स्टोर यो डिजिटल खरिद बिक्रीबाट प्रभावित भएका छन् । 
 
एक महिना पछि मुख्य चाड क्रिसमस भएकाले यो अवधिभर उपभोग्य समानको बजार तात्ने अनुमान गरिएको छ । विशेष गरी अमेरिकाको अर्थतन्त्र राम्रो अवस्थामा रहेकाले पनि उपभोक्ता समान किन्न उत्साहित छन् । तस्बिर: सामाजिक संजाल