मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आज ३२ जिल्लामा चुनाव, ७०२ उमेदवार प्रतिष्पर्धामा, ७ बजेदेखि मतदान सुरु

आज ३२ जिल्लामा चुनाव, ७०२ उमेदवार प्रतिष्पर्धामा, ७ बजेदेखि मतदान सुरु


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ I  मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
 
निर्वाचन आयोगले ढुक्कका साथ मतदानमा भाग लिन सर्वसाधारण र मतदातासँग अनुरोध गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ । संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
 
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् ।
 
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।
 
पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
 
निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।