मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विकास निर्माणका लागि सधैँ अग्रसर छु : मन्त्री पाण्डे

विकास निर्माणका लागि सधैँ अग्रसर छु : मन्त्री पाण्डे


चितवन– चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं उम्मेदवार एवं वनमन्त्री विक्रम पाण्डेको भरतपुर २२ पटिहानी टाउनमा भव्य स्वागत गरिएको छ । 
 
लोकतान्त्रिक गठबन्धनको चुनावी घरदैलो कार्यक्रमका लागि पटिहानी पुगेका पाण्डेलाई त्यहाँका स्थानीयले भव्य स्वागत गरेका हुन् ।
 
पाण्डे चितवनवासीको हित चाहने र विकास निर्माणका लागि सधैँ अग्रसर रहेको स्थानीयले बताएका थिए । घरदैलोका लागि क्षेत्र नं ३ प्रदेशसभा (ख) का नेपाली कांग्रेसका उम्मेदवार साजन महतो, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायत नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता एवं नेताहरुको सहभागिता रहेको थियो ।
 
मेरो टोलमा बम राख्ने काम गरियो 

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले आफना सहपाठीलाई लगाएर आफनो टोलमा घरनजिक बम राख्ने काम गरिएको बताएका छन् । 
 
भरतपुर–१९, इमानसिंह चोक सिमलडाँडामा प्रकृति आमा समूहले आयोजना गरेको एक विषेश कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन् । 
 
कार्यक्रममा क्षेत्र नं ३ प्रदेशसभा (क) तर्फका उम्मेदवार दिनेश कोइराला, नेपाली कांग्रेसकी पूवंसांसद विष्णु परियार, नेपाली कांग्रेसका चितवनका पूर्वसभापति पृथ्वीमान गुरुङ, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतको उपस्थिति रहेको थियो ।