मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका बस्ने नेपाली टाइकण्डो गुरु यौन उत्पिडनको आरोपमा पक्राउ

अमेरिका बस्ने नेपाली टाइकण्डो गुरु यौन उत्पिडनको आरोपमा पक्राउ


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा टाइकण्डो सिकाउने एक जना नेपाली सुद्दोधन रञ्जितलाई कम उमेरका बालिका माथि यौन उत्पिडन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
 
वासिंटनराज्यको क्याननरोडमा टाइकण्डो सिकाउने (टाइकण्डो गुरु) ५१ वर्षीय रञ्चित माथि १५ जना बालिका माथि यौन उत्पिडन गरेको आरोप लागेको छ ।
 
वासिङ्टन राज्यको बियाभरटन स्थित ८९०७ वेस्ट क्यानन रोडमा उनले युएस वल्ड क्लास टाइकण्डो सञ्चालन गर्दै आएका थिए । 
 
स्थानीय संचारमाध्यमका अनुसार वासिङ्टन काउण्टि स्थित अदालतमा उनलाई प्रस्तुत गर्दा ७ लाख ५० हजार अमेरिकी डलर धरौटी मागेको छ । यो नतिरेकाले अहिले उनी प्रहरी नियन्त्रणमा छन् । उनी माथि थप आरोपको पनि अनुसन्धान भइरहेको छ ।
 
१४ वर्ष भन्दा कम उमेरका तिन बालिकालाई सन् २०१२ देखि २०१५ भित्र उनले यसरी यौन उत्पिडन गरेको आरोप लगाइएको छ । 
 
स्थानीय संचारमाध्यमका अनुसार उनले अझ बढीलाई उत्पिडन गरेको हुन सक्ने आशंकामा स्थानीय प्रहरी र गुप्तचरहरुले अनुसन्धान गरिरहेका छन्  । 
 
अमेरिकमा यौन उत्पिडनका घटनालाई गम्भीर रूपमा लिइन्छ । त्यसमा पनि १८ वर्ष भन्दा कम उमेरका उत्पिडनमा परेभने यो निकै संवेदनशील घटना हो । प्रहरीले उनको बारेमा जानकारी भए दिन आग्रह गरेको छ । फोटो: सामाजिक संजाल 
 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुबट्वीटर मार्फत जोडिनुहोस् ।