मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा झापालीहरू संगठित हुँदै

अमेरिकामा झापालीहरू संगठित हुँदै


अमेरिकामा- विभिन्न जिल्लाबाट आई अमेरिकामा बसोबास गर्नेहरू संगठित हुने क्रममा अब झापालीहरी पनि लागी परेका छन् । झापाको समग्र गतिविधिहरू मा सहयोग गर्ने उदेश्यका साथ निकट भविष्यमै झापाली समाज गठन गरिने जानकारी प्राप्त भएको छ । 
 
 
हुन त संसार भरि छरिएका झापालीहरू बिच भाईचार सदभाब र झापाको विकासमा सहयोग गर्ने उदेश्यका साथ केही महिना पहिला अन्तर्राष्ट्रिय झापाली समाज गठन भैसकेको र त्यसमा अष्ट्रलियामा बस्ने दिनेश पोखरेलको सभापतित्वमा एक कार्य समिति गठन भैसकेको र अमेरिकाबाट विभिन्न संस्थामा सकृय प्रमोद सिटौला उपाध्क्षय समेत हुनु हुन्छ ।
 
उहॉका अनुसार झापा जिल्लाबाट अमेरिकामा ठुलो संख्यामा झापालीहरूको उपस्थिति रहेको र संगठित हुन सके झापाको विकास कला संस्कृति लगायत अप्ठायो पर्दा ठुलो सहयोग गर्ने सकिने कुरालाई ध्यान दिई योगदानमा आधारित गैर राजनीतिक संस्था गठन गर्न लागिएको बताउनु भएको छ ।
 
यस अधि नै विभिन्न स्टेटहरू भर्जिनिय टेक्सस राज्यहरूमा झापालिहरू संगठित भई पिकनिक साथै सामाजिक कामहरूमा समेत सकृय नै छन् ।अब सबैलाई समेटेर अगाडि बढ्न November 19 मा कन्फरेन्स कल मिटिड्ग गरी यही December 19 भित्र तदर्थ समिति गठन गरिने छ ।
 
उक्त मिटिड्गमा झापालि अग्रज देखि अमेरिका सकृय झापाली सहभागी थिए ।क्यालिफोर्नियाबाट शम्भु ढुड्गाना, मोहन ओली अनिल ओली दिलीप थापाले जति सक्दो चाडो सङ्गठन निर्माण गर्ने तर्फ अगाडी बढ्नु पर्ने बताउनु भएको थियो ।
 
टेक्सस अस्टिनका समाज सेवी हेम पाठकले समर्थन र प्रतिबद्धता जानाउनु भएको थियो भने अलबामाबाट राम कुमार बिमली ले दायरा बढाउन पनि सक्नु पर्छ भन्नु भएको थियो ।डालसका NRN ICC सदस्य बेदराज बस्नेत ले आफू ले अन्तर्राष्ट्रिय झापालि सम्मेलनमा भाग लिन नसकेकोमा दुख लागेको भन्दै सङ्गठनको आवश्यक्ता रहेको बताउनु भयो ।
 
ड्यालासकै पर्शुराम दहाल र प्रदिप तिम्लसिनाले हामीले पहिला स्थानीय स्तरमा प्रयास गरेको अब राष्ट्रिय स्तरमै गठन हुन लागेको खुसी व्यक्त गर्दै जिम्मेवारी समेत लिन तयार भएको बताउनु भयो । ठुलो संख्यामा उपस्थित मध्य भर्जिनियाबाट यम सिटौला कबिन्द्र सिटौला उत्सब गौतम कनेटिकटबाट NRNA NCCका उपाध्क्षय राम कुमार सुवेदी ,दिपेन्द्र पोखरेल ,युवराज पोखरेल ले मन्तव्य राख्नु भएको थियो । 
 
 
उक्त मिटिड्गलाई अध्यक्ष दिनेश पोखरेल ले अष्ट्रलियामा सम्बोधन गर्नु भएको थियो भने निलम बिमलिले मिटिड्ग सञ्चालन गर्नु भएको थियो ।पहिलो मिटिड्ग नै प्रतिष्ठित झापालीहरूको सक्रियताले थप उत्साह थपिएको र चाडै नै निकै ठुलो सङ्गठनको रूपमा अमेरिका यो सङ्गठन निर्माण हुने कुरामा आफू ढुक्क रहेको बताउनु हुन्छ यस्का अभियान कार्ता हरू ।शुभकामना छ सम्पूर्ण अमेरिकामा बस्ने झापालिहरूलाई ।