मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एएनएको महासचिवमा ड्यालसका भट्टराई मनोनित

एएनएको महासचिवमा ड्यालसका भट्टराई मनोनित


टेक्सस (अमेरिका) – अमेरिकामा रहेको नेपालीहरूको सबैभन्दा जेठो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को महासचिवमा ड्यालसका विजयराज भट्टराई मनोनित भएका छन् । एएनए अध्यक्ष मेदिनी अधिकारीले मनोनित भएको जानकारी दिएका छन् ।
 
त्यसैगरि एएनए बोर्ड मेम्बरमा भर्जिनियाका अरुण रुपाखेती, नर्थ क्यारोलिनामा डिजे गोर्खालीका नामले चिनिने शैलेन्द्र केसी र मेरिल्याण्डकी अनु वन्त मनोनित भएका छन् । 
 
नेपाली समाज टेक्सासमा लामो समय सकृय रहेका भट्टराइले यस अघि एएनएकै उपाध्यक्ष तथा एएनए केन्द्रीय निर्वाचनमा निर्वाचन अधिकृतको भूमिका समेत निर्वाह गरेका थिए।  
 
उनी टेक्सास नेपाली समाज द्वारा संचालित स्कूलको दुइ बर्ष इन्चार्ज तथा दुई बर्ष प्रिन्सिपल को रुपमा काम गरेर समाज सेवा प्रतिको लगावमा उदाहरणीय रूपमा अाफूलाइ प्रस्तुत गरिसकेका छन् ।  एनआरएनद्वारा अमेरिकामा रहेका नेपालीहरुको तथ्यांक निकाल्न बनाइएको केन्द्रीय कमिटीमा रहेर उनले गत बर्ष अाफ्नो क्षमता देखाएका थिए । 
 
त्यसै गरि भर्जिनिया मा बसोबास गर्ने अरुण रुपाखेती डीसी मेट्रो नेपाली समाजका संस्थापक अध्यक्ष हुन्।  लामो सामाजिक सेवाको उनको इतिहास रहेको छ। त्यसै गरि डिजे गोर्खालीका नामले चिनिने शैलेन्द्र के सी अमेरिका मा नै पहिलो नेपाली डिजेका रुपमा परिचित छन्।  युवाहरु का माझ निकै पपुलर उनी नाशिया संस्थासंग धेरै नजिक रहेर सामाजिक सेवामा कार्यरत छन्। 
 
अर्की बोर्ड अफ डाइरेक्टर मा अनु वन्त मनोनित भएकी छन्।  उनी हालै सम्पन्न बाल्टिमोर नेपाली एसोशिएसन (बाना) की निर्वाचित अध्यक्ष हुन्। मेरिल्याण्ड, बाल्टिमोर क्षेत्रलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा अघि बढेकी उनी अहिले उत्तरी अमेरिकामा नै अगुवा महिला नेतृत्वमा गनिन्छिन। 
 
सन १९८३ मा  स्थापना भएको एएनए उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो अमेरिकाज क्षेत्रको संस्था हो। यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरुको प्रतिनिधित्व गर्दछ। यस संस्थाले नै अमेरिकामा नेपालीहरुको संस्थागत बिकासको सुरूवात गरेको हो । 
 यस संस्थाले हरेक बर्ष जुलाईमा नेपालीहरूको जमघट हुने सबै भन्दा ठूलो सम्मेलनको आयोजना गर्दै अाएको छ।